+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाटो नै नबनाई १० लाख भुक्तानी, गाउँपालिकाका अध्यक्षविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १५:४२

२२ फागुन, काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा नं ३ को मेलादेखि बासलधारासम्मको बाटो निर्माणको योजनामा नभएको कामको गलत प्राविधिक मूल्यांकन तयार गरेर भुक्तानी दिएको आरोपमा अख्तियारले तत्कालीन अध्यक्ष चौलागाईं, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब इन्जिनियर अजबहादुर बुढाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

त्यस्तै वडा नं ३ का तत्कालीद्द वडाध्यक्ष शालिग्राम ऐडी, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंशबहादुर ऐडीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा कामै नगरी गलत प्राविधिक मूल्यांकनका आधारमा नापी किताब तयार गरी काम सम्पन्न भएको देखाएर १० लाख २९ हजार ३२५ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी भएको देखिएको अख्तियारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?