 
																			२९ फागुन, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले इलाम- २ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको र बझाङ (१) मा हुने प्रदेशसभाको उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको हो ।
बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको पार्टीका राष्ट्रिय प्रवक्ता शरद सिंहले जानकारी दिए ।
यस्तै सप्तरीमा गत ८ माघमा भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय पनि जनमत पार्टीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4