
३० फागुन, काठमाडौं । राष्ट्रिय सभाको विषयगत समितिको निर्वाचन आगामी ४ चैतमा हुने भएको छ ।
राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले बुधबार सूचना निकालेर समितिका सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशन गरेका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा र दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको कार्यकाल गत २० फागुनमा सकिएको थियो । त्यसैले यी दुई समितिको सभापति पदमा निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको नाम फेरिएर संघीयता, सवलीकरण तथा राष्ट्रिय सरोकार समिति नामकरण गरिएको छ । दिगो विकास तथा सुशासन समितिको नाम फेरिएर विकास, आर्थिक मामिला तथा सुशासन समिति राखिएको छ ।
यी दुई समितिको सभापतिका लागि ३ चैतमा मनोनयन हुनेछ ।
हेर्नुहोस् सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4