
२ चैत, धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट ठूलो परिणामको लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरिएको छ ।
शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका-१८ बाट भारतको लखिमापुर खिरी पलियाकलाका २० वर्षीय करन रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रानालाई विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र ईलाका प्रहरी कार्यालयबाट फुलबारीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका रानामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4