+
+

सन्तोषले दोस्रो पटक पाए ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १०:५३

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका छन् ।

पहिलो पटक ५० देशका ५० भाषामा संगीतबद्ध गरिएको ‘ढुकढुकी भित्र तिम्रो’ गीतबाट र दोस्रो पटक विश्वको सबैभन्दा अग्लो स्थानमा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको गीत ‘तिलिचो ताल’बाट सन्तोषले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका हुन् । यी दुवै गीत डा. डी.आर. उपाध्यायले लेखेका हुन् ।

‘तिलिचो ताल..’ बोलको गीतको टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा गत शुक्रबार आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । गीत–संगीतको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन मिहिनेत गरेको राष्ट्रपति पौडेलले बधाई दिए ।

‘तिलिचो ताल’ गीत डा. डीआर उपाध्यायको रचना, सन्तोष श्रेष्ठको संगीत र सागर अधिकारीको स्वरमा छ ।

यो गीत मनाङ जिल्लामा अवस्थित तिलिचो तालभन्दा केही माथि (५ हजार १०५ मिटर उचाइ)मा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन, रेकर्डिङ र छायांकन गरिएको थियो ।

यो विधामा २०७६ असोज १० गते ४ हजार ७६८ मिटर उचाइमा माधव खरेल लगायतको समूहले पहिलोपटक कीर्तिमान राखेको थियो । त्यसको दुई वर्ष अगाडि सन्चबहादुर राई लगायतको समूहले ४ हजार ८१३ मिटर उचाइमा रेकर्ड र छायांकन गरेर खरेल समूहको कीर्तिमान भंग गरेको थियो ।

यही सिलसिलामा २०७९ वैशाख ९ गते ५ हजार १०५ मिटर (१६ हजार ७४८ फिट २ इन्च) उचाइमा ‘तिलिचो ताल…’ बोलको गीतलाई रेकर्डिङ र छायांकन गरेर नयाँ विश्व रेकर्ड कायम भएको थियो ।

महेन्द्र चन्द ‘माइकल’को निर्देशन रहेको गीतको दृश्यमा पुष्प खड्का र श्रद्धा क्षेत्रीले अभिनय गरेका छन् । उत्सव दाहालले छायांकन गरेको श्रव्यदृश्यलाई सिलन लम्सालले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?