+
+

गृहमन्त्रीलाई तुरुन्त हटाउन राष्ट्रिय जनमोर्चाको माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते २०:३४

५ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त पदबाट हटाउन माग गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गरी लामिछाने गृहमन्त्री रहिरहँदा उनीसमेत आरोपित सहकारी ठगीको मुद्दा प्रभावित हुन सक्ने भन्दै तुरुन्त हटाउन माग गरेका हुन् ।

सूर्यदर्शन सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा सहकारीका पदाधिकारीसँगै रवि लामिछानेविरुद्ध पनि जाहेरी दिएका छन् ।

‘गृहमन्त्री लामिछाने मुछिएको मुद्दाको छानबिन तथा अनुसन्धान गर्ने मन्त्रालयको उनलाई मन्त्री बनाउँदा त्यो कार्यबाट मुद्दा प्रभावित हुने खतरा हुन्छ । त्यसबाट सहकारीका पीडित बचतकर्ताहरुलाई अन्याय हुन जानेछ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजमोले रवि लामिछानेले राजीनामा दिनुपर्ने कांग्रेसको मागमा पनि समर्थन जनाएको छ । ‘नेपाली कांग्रेसले सहकारीको रकम ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएकोमा त्यो कार्यको कडा विरोध गरेको छ । नेकाले गृहमन्त्रीको राजीनामाको लागि उठाएको मागलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले समर्थन गर्दछ’, केसीले भनेका छन् ।

उनले सहकारी ठगीको आरोपमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाउँदा हजारौं सहकारीका बचतकर्ता माथि अन्याय भएको बताएका छन् ।

‘रवि लामिछानेलाई गृहमन्त्रीको पदबाट हटाएर सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गराउन तथा दोषीलाई कडा सजाय गर्नका लागि प्रभावकारी कदम उठाउन सरकारसँग माग गर्दछौँ’, अध्यक्ष केसीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?