
७ चैत, काठमाडौं । ग्रीस पठाइदिन्छु भनेर ६९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा महोत्तरीको गौशाला नगरपालिका–१२ का २३ वर्षीय निशेष कुमार मुक्तान र गोरखाको धार्चे गाउँपालिका–५ का २० वर्षीया विनिता गुरुङ छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई मंगलबार बसुन्धाराबाट पक्राउ गरेको हो ।
उनीहरु दुई जना मिलेर १२ जनालाई ग्रीस पठाइदिन्छु भनेर उनीहरुबाट ६९ लाख ३० हजार लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4