+
+

सेयर बजारबाट फागुनमा उठ्यो ४४ करोड लाभकर, माघको तुलनामा आधा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १०:०८

८ चैत, काठमाडौं । सेयर बजारबाट फागुन महिनामा ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार यो पुँजीगत लाभकर माघ महिनाको तुलनामा आधा कम हो ।

यसअघि माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । चालु आर्थिक वर्ष महिनागत रुपमा माघमा सबैभन्दा धेरै पूँजीगत लाभकर संकलन भएको हो ।

सेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पूँजीगत लाभकर उठाउँदै आएको छ । १ वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ भने १ वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत तिर्नुपर्छ ।

फागुनमा उठेको पूँजीगत लाभकरमध्ये ११ करोड ६८ लाख रुपैयाँ १ वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेकाहरुबाट उठेको छ । त्यस्तै १ वर्षभन्दा कम अवधि होल्ड गरेकाहरुकाबाट २५ करोड १० लाख रुपैयाँ कर संकलन भएको छ । बाँकी संकलित कर रकम संस्थागत लगानीकर्ताबाट उठेको पुँजीगत लाभकर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?