+
+

गण्डकीलाई हराउँदै तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १६:०४
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

९ चैत, काठमाडौं । तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ ।

तीन पाकिस्तानी खेलाडी फखार उबैदिन, उस्मान अलि र कासिफ नदिम सम्मीलित हेल्प नेपालले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा टिपटप हेल्प नेपाल २५-१९, २७-२५, २५- १९ ले विजयी भएको हो ।

पहिलो सेटमा हेल्प नेपालले सहज जित हात पारेको थियो ।

दोस्रो सेटको सुरुवातमा गण्डकीले अग्रता लिएको थियो । दुई अंकले पछि परेको अवस्थामा हिमाल सुनारी र रवि केसीले अंक जोड्दै खेलमा फर्काउदै १६-१६ बराबरी गरेका थिए । तर टाउम आउट लिएपछि हेल्प नेपालले ४ अंक जोडेपछि गण्डकीलाई कठिन देखिएको थियो ।

तर गण्डकीले अन्तिम समयमा लगातार चार अंक बटुलेपछि खेल २४-२४ को रोमान्चक बराबरीमा पुगेको थियो । तर हेल्प नेपालले २७-२५ ले जित्दै सेटमा २-० को अग्रता लिएको थियो ।

तेस्रो सेटको सुरुवात पनि प्रतिस्पर्धात्मक थियो । १२ बराबरबाट हेल्प नेपालले लगातार पाँच अंक जोडेपछि सोझो सेटमा जित तर्फ अघि बढेको थियो ।

दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे ३ बजे हुनेछ । उक्त खेलको विजेतासँग हेल्प नेपालले शनिबार फाइनल खेल्नेछ ।

आज महिलातर्फ तेस्रो स्थानको लागि भएको खेलमा नेपाल एपीएफ क्लबले न्यू डायमण्डलाई ३–१ ले हराएको हराएको थियो ।

एपीएफले २५–२२, २३–२५, २५–१४, २५–२१ को जित हात पारेको थियो । महिला र पुरुषतर्फ दुबै फाइनल शनिबार हुनेछ । फाइनलमा महिलातर्फ एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?