+
+

पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थाले सञ्चालन गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते २०:१३

९ चैत, काठमाडौं । पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा सञ्चालन गर्ने बाटो खुला भएको छ ।

चिकित्सा शिक्षा आयोगको शुक्रबार बसको बैठकले एउटै संस्थाबाट उक्त कार्यक्रम सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको हो ।

नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्था/अस्पतालमा सञ्चालन गर्न सकिने सुझावलाई क्रमश कार्यान्वयनमा लैजाने आयोगका उपाध्यक्ष डा.अञ्जनी कुमार झाले बताए ।

तीन वर्षअघिसम्म नेपालका मेडिकल कलेजहरुले मा प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र त्योभन्दा माथिल्लो तह स्नातक र स्नातकोत्तर तहमा समेत नर्सिङ कार्यक्रममा पठनपाठन गर्दै आइरहेका थिए । तर २०७८ मंसिरदेखि चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार पीसीएल कार्यक्रम सञ्चालनमा रोक लगाएको थियो ।

‘विश्वविद्यालयले कुनै पनि शिक्षण संस्थालाई चिकित्सा शिक्षातर्फ प्रमाणपत्र वा सोभन्दा तत्लो तहका कार्यक्रम सञ्चालन गर्न अनुमति दिने छैन,’ उक्त दफामा भनिएको छ ।

तर मेडिकल कलेज सञ्चालकले भने ऐनको उक्त दफाले मेडिकल कलेजलाई पीसीएल कार्यक्रम सञ्चालनमा रोक नलगाएको बताउँदै आइरहेका थिए ।

बैठकले सार्कलगायत अन्य देशहरुमा विद्यालय शिक्षा (प्लस टु) पश्चात स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको शिक्षा प्रदान गर्ने अभ्यासलाई लागू गर्न शैक्षिक कार्यक्रमको ढाँचा तयार भएको र त्यसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

यस्तै प्राविधिक शिक्षा तथा व्यसायिक तालिम परिषद् (सिटीइभीटी)अन्तर्गतका चिकित्सा शिक्षा प्रदाय शिक्षण संस्थाहरुको आसयपत्र, सम्बन्धन सिफारिस, सिट निर्धारण र भर्ना अवधि तथा प्रवेश परीक्षा लगायथका कार्यका लागि आपसी समवन्यमा शैक्षिक कार्यपात्रो बनाई कार्यान्वयन गरिने डा. झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?