+
+

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १२:३२

१५ चैत, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का  लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसअघि विना विभागीय मन्त्रीको शपथ लिएका चौधरीलाई बिहीबार जिम्मेवारी दिएपछि उनले पदभार ग्रहण गरेका छन् ।

नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिममा पनि एमाले-माओवादीसहितको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका मन्त्रीहरूसँग छलफल गरी विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने तायारी गरेका थिए ।

नाउपाका अर्का मन्त्री खुसीराम चौधरीको भने जिम्मेवारी तोकिएको छैन । उनलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने मुख्यमन्त्रीको तयारी छ ।

हाल सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाका ५ जना मन्त्री छन् । मुख्यमन्त्री शाहले यसअघि नाउपा दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए भने रामेश्वर चौधरी यसअघिदेखि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् ।

मुख्यमन्त्री शाहले प्रदेशसभामा आफ्नो बहुमत कायम राख्न नाउपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थन लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?