+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मागदाबी पेस गर्न लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई ३५ दिने सूचना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १३:०१

१५ चैत, काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइन मागदाबी पेस गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आहवान गरेको छ ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा लालिगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्व फर्छ्योट गर्न समितिमा पठाएको थियो ।

समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र मागदाबी पेस गर्न बचतकर्तालाई आह्वान गरेको हो ।

‘श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समिति समक्ष लेखी आएको थियो,’ सूचनामा भनिएको छ, ‘सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकमको यस समितिको वेबसाइटमा गई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाईन मागदावी आवेदन मार्फत स–प्रमाण दाबी पेस गर्नु आह्वान गरिएको छ ।’

सहकारी संकट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?