+
+
WC Series
पोखरा एभेन्जर्स 2025
13/1 (2.6)
VS
१०२ बलमा १५३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

ध्वनि प्रदूषण नगराउन भन्दै कास्की प्रहरीले सुरु गर्‍यो ‘स्टिकर’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १२:३५

२३ चैत, काठमाडौं । ध्वनि प्रदूषण नगराउन भन्दै जिल्ला प्रहरी कास्कीले सचेतनामुलक ‘स्टिकर’ टाँस अभियान सुरु गरेको छ ।

शुक्रबार कास्की प्रहरीले एक कार्यक्रम गर्दै मोटरसाइकल वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने बनाउनेहरू, व्यवसायी तथा मजदुरसँग सवारीसाधनको स्वरूप परिवर्तन (मोडिफाई) गरी ध्वनि प्रदूषण गराए कारबाही बेहोरासहित स्टिकर टाँस अभियान सुरु गरेको हो ।

यसअघि कास्की प्रहरीले मोडिफाई गरी ध्वनि प्रदूषण गर्नेविरुद्ध कारबाही समेत गरेको थियो । पहिलो चरणमा ट्राफिक कारबाही र मोडिफाई गरिएको पार्टपुर्जा फेर्न लगाइ सुरुकै अवस्थामा बनाइ छाडिएको थियो । दोस्राे पटक यातायात व्यवस्था कार्यालयमा पठाइ कारबाही गरिएको थियो ।

तर, अझै मोडिफाईका घटना नरोकिएको भन्दै सचेतनामुकल स्टिकर टाँस अभियान सुरु गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।

मोडिफाई गरी ध्वनि प्रदूषण गराए सार्वजनिक शान्तिमा खलल पुर्याएको, सर्वसाधरणलाई दु:ख र हैरानी दिएको कसूरमा कारबाही अघि बढाइने एसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?