+
+

वर्ष २०८० मा डेब्यू गर्ने १७ फुटबलर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत २९ गते १४:५२

२९ चैत, काठमाडौं । वर्ष २०८० ले बिट मार्ने बेला भइसकेको छ । अब केही घण्टापछि नै नयाँ वर्ष २०८१ लाग्नेछ । वर्ष २०८० मा नेपाली फुटबल मैदान भित्र भन्दा बाहिर धेरै चर्चित बन्यो ।

अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवाद देखि खेलाडीहरुको विदेश पलायन वर्षैभर फुटबलको केन्द्रविन्दुमा रह्यो ।

लगातार खेलाडीहरु विदेश पलायन भइरहँदा राष्ट्रिय टिमलाई नै असर गर्‍यो । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बारम्बार भन्ने गर्थे खेलाडीहरु विदेश पलायन हुँदा टिम बनाउन कठिन छ ।

उनका लागि नयाँ खेलाडी बोलाएर टिममा टिकाउनै चुनौती थियो । त्यसैले त अनुभवी खेलाडीहरु विदेश पलायन हादा एनेसले एकै वर्ष १७ खेलाडीलाई डेब्यु गराए ।

२०८० मा नेपालको नतिजा

नेपालले यस वर्ष साफ च्याम्पियनसिप जम्मा जम्मी १२ खेल खेलेको थियो । त्यसमा विश्वकप छनोट अन्तर्गत ६ खेल खेलेको थियो । यस्तै साफमा ३ तथा ३ मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा नेपालले जम्मा २ खेल जित्यो २ खेल बराबरी गर्दा ८ खेलमा पराजित भयो । नेपालले हार बेहोरेको ८ मध्ये ७ खेलमा त गोल समेत गर्न सकेन ।

यस वर्ष नेपालले जितेको दुई खेल बाहेक बराबरी गरेको एक र हार बेहोरेको एक खेलमा गोल गर्‍यो ।

साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानलाई १-० ले पराजित गर्दा आशिष चौधरीले विजयी गोल गरे । साफमै कुवेत सँग ३-१ ले पराजित हुँदा अन्जन विष्टले एक गोल गरे ।

यस्तै विश्वकप छनोट अन्तर्गत प्रारम्भिक चरणमा नेपालले लाओस विरुद्ध दुवै खेलमा गोल गर्‍यो । घरेलु मैदानमा भएको पहिलो लेगको खेल १-१ को बराबरी हादा अन्जन विष्टले गोल गरेका थिए । यस्तै अवे मैदानमा लाओसलाई १-० ले हराउँदा मनिष डाँगीले गोल गरेका थिए ।

यस बाहेक तीन मैत्रीपूर्ण खेल खेल्दा म्यानमार विरुद्ध पहिलो खेलमा नेपालले गोलरहित बराबरी बराबरी खेलेको थियो भने दोस्रो खेलमा १-० ले बराबरी भएको थियो । फिलिपिन्स विरुद्धको मैत्रीपूर्ण खेलमा पनि नेपाल १-० ले नै पराजित भयो ।

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग २-० ले पराजित भएको थियो । यसैगरी विश्वकप छनोट अन्तर्गत दोस्रव चरणमा नेपालले खेलको चारै खेलमा पारजित भयो भने कुनै गोल गर्न सकेन ।

युएईसाग पहिलो खेलमा ४-० ले पराजित भएयता नेपाल घरेलु मैदानमा यमनसँग २-० ले पराजित भयो । त्यसपछि बहराइन विरुद्ध पहिलो खेलमा ५-० र दोस्रो खेलमा ३-० ले पराजित भयो ।

२०८० मा डेब्यू गर्ने नेपाली फुटबलर

वर्ष २०८० मा नेपालको सिनियर टिमबाट १७ खेलाडीले डेब्यू गरे । जसमा १२ खेल मध्ये १० खेलमा कम्तीमा एक खेलाडीले डेब्यु गरे । साफ च्याम्पियनसिप अन्तर्गत कुवेत र पाकिस्तान विरुद्धको खेलमा मात्र कुनै नयाँ खेलाडी खेलेनन् ।

यस्तै विश्वकप छनोट अन्तर्गत बहराइन विरुद्ध एकै खेलमा सर्वाधिक ४ खेलाडीले डेब्यु गरे । यस्तै युएई विरुद्ध विश्वकप छनोटमा ३ खेलाडीले डेब्यू गरे ।

यसमन विरुद्ध र बहराइन विरुद्ध दोस्रो खेलमा समान १ खेलाडीले डेब्यू गरे । विश्वकपको प्रारम्भिक चरण छनोटमा लाओस विरुद्ध दुवै खेलमा एक एक खेलाडीले डेब्यु गरे ।

यस्तै फिलिपिन्स र म्यानमार विरुद्धको मैत्रीपूर्ण खेलमा समान २ खेलाडीले डेब्यू गरे । म्यानमार विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा १ खेलाडीले डेब्यू गरे । यस्तै साफ च्याम्पियनसिप अन्तर्गत भारत विरुद्ध खेलमा १ खेलाडीले डेब्यू गरे ।

यी मध्ये सिमान्त थापा र अन्जन राई पनि विदेश पलायन भइसकेका छन् ।

 

डेब्युटान् १७ खेलाडी विपक्षी टिम र मिति

विमल पाण्डे : फिलिपिन्स विरुद्ध मैत्रीपूर्ण खेल (पहिलो रोजाईँमा),जुन १५

लकेन लिम्बु : फिलिपिन्स विरुद्ध मैत्रीपूर्ण खेल (पहिलो रोजाईँमा),जुन १५

सिमान्त थापा : भारत विरुद्ध, साफ च्याम्पियनसिप,जुन २४

जिलेस्पी जंग कार्की : म्यानमार विरुद्ध, मैत्रीपूर्ण खेल (पहिलो रोजाईँमा), सेप्टेम्बर ८

हिसुव थपलिया : म्यानमार विरुद्ध, मैत्रीपूर्ण खेल, सेप्टेम्बर ८

दिनेश हेन्जन : म्यानमार विरुद्ध, मैत्रीपूर्ण खेल ,सेप्टेम्बर ११

उत्सव राई : लाओस विरुद्ध, घरेलु मैदान विश्वकप छनोट, अक्टोबर १२

अमृत श्रेष्ठ : लाओस विरुद्ध, अवे मैदान अमृत श्रेष्ठ, अक्टोबर १७

छिरिङ लामा : युएई विरुद्ध, विश्वकप छनोट, नोभेम्बर १६

योगेश गुरुङ : युएई विरुद्ध, विश्वकप छनोट,नोभेम्बर १६

अन्जन राई : युएई विरुद्ध, विश्वकप छनोट, नोभेम्बर १६

राजेश परियार : यमन विरुद्ध, विश्वकप छनोट, नोभेम्बर २१ 

अभिषेक लिम्बु : बहराइन विरुद्ध, विश्वकप छनोट (पहिलो रोजाईँमा), चैत ८

सौभाग्य राई बहराइन विरुद्ध, विश्वकप छनोट,चैत ८

समिर तामाङ बहराइन विरुद्ध, विश्वकप छनोट, चैत ८

सन्जिव विष्ट बहराइन विरुद्ध, विश्वकप छनोट, चैत ८

विशाल बस्नेत बहराइन विरुद्ध, विश्वकप छनोट, चैत १३

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?