+

नेपालले दोस्रो विकेट पनि गुमायो, रोहित १८ रनमा आउट

२०८१ वैशाख  १ गते १७:०२ २०८१ वैशाख १ गते १७:०२
नेपालले दोस्रो विकेट पनि गुमायो, रोहित १८ रनमा आउट

१ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट पनि गुमाएको छ ।

दोस्रो विकेटको रुपमा नेपालले कप्तान रोहित पौडेललाई १८ रनमा गुमाएको हो । १७ बल खेलेका रोहितले ३ चौकाको मद्दतमा १८ रन जोडेका थिए ।

यसअघि ओपनर कुशल भुर्तेल १२ रन बनाएर आउट भएका थिए । क्रिजमा आसिफ शेख ३५ रन बनाएर खेलिरहेका छन् र उनलाई साथ दिन कुशल मल्ल आएका छन् । ८.४ ओभरको समाप्तीमा नेपालले २ विकेट गुमाएर ७० रन जोडेको छ ।

एसीसी प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय