+
+

आइओएफटिसी नेपाल २०२४ स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते २०:०२

3 वैशाख, काठमाडौं । अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप (आइओएफटिसी) को सहयोगी संस्थाको रुपमा आइओएफटिसी नेपाल २०२४ स्थापना भएको छ ।

पाटनको सौगलस्थिल यलमुल गार्डेनमा आयोजिक एक कार्यक्रममा आइओएफटिसी नेपाल २०२४ गठन भएको जानकारी दिइएको छ । आइओएफटिसी प्रधान कार्यालयका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले आइओएफटिसी नेपाल २०२४ टिमका पदाधिकारी तथा सदस्यलाई स्वागत गरे ।

आइओएफटिस नेपालको अध्यक्षमा मिनप्रसाद खनाल छन् । यसैगरी उपाध्यक्षमा राजमन्दिर श्रेष्ठ, सचिवमा गिरीबहादुर सुनार, कोषाध्यक्षमा रिकेश महर्जन छन् । सदस्यहरुमा सहदेव श्रेष्ठ, शिलकुमारी महर्जन र भवानी वजगाईँ छन् ।

ग्रान्डमास्टर महर्जनले नयाँ टिमलाई शुभकामना दिँदै आइओएफटिसी नेपालले खेल क्षेत्र तथा खेल पर्यटन प्रवद्र्धनसँगै, कलासंस्कृतिको जगेर्ना र उत्थानमा काम गर्ने भनी राखेको उद्देश्य सफल होसफभन्ने कामना गरे ।

उनले भने, ‘आइओएफटिसी नेपालले प्रमुख रुपमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप नेपालमा आयोजना हुँदा अथवा सो प्रतियोगिता नेपालबाहिर हुँदा नेपालमा हुने छनोट प्रतियोगितामा आयोजकको भूमिका निर्वाह पनि गर्नेछ ।’

आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।

महर्जनले आगामी अगस्टमा दक्षिण कोरियाको सोलमा १४औँ संस्करण हने र यस प्रतियोगितामा खेल्ने राष्ट्रिय खुला फ्रेन्डसीप तेक्वान्दो प्रतियोगिताबाट छ खोलडीको चयन भइसकेको जानकारी पनि दिए । राष्ट्रिय खुला फ्रेन्डसीप तेक्वान्दो प्रतियोगिता गत शनिबार राखेपमा सम्पन्न भएको हो ।

यसैगरी आइओएफटिसी नेपालका सचिव सुनारले आइओएफटिसी नेपाल २०२४ गैर नापफा मुलक संस्था भएको बताए । यसैगरी आइओएफटिसी प्रधान कार्यालयको तर्फबाट ग्रान्डमास्टर महर्जनले आइओएफटिसीद्वारा उपलब्ध गराइएको खेल समाग्री आइओएफटिसी नेपाललाई हस्तान्तरण पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?