+
+

सी डिभिजन लिग : लगातार तेस्रो खेल जित्दै आरसी ३२ शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १५:५१

४ वैशाख, काठमाडौं । सुर्खेतको आरसी ३२ फुटबल एकेडेमी लगातार तेस्रो खेल जित्दै शहीद स्मारम सी डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ ।

विवेक राईको एक मात्र गोलमा आरसी ३२ ले मंगलबार महावीर स्टडिज एण्ड एथ्लेटिक्स युनियनलाई १-० ले पराजित गरेको हो ।

तीन जितबाट ९ अंक जोडेको आरसी ३२ पुल्चोक स्पोर्ट्स क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । दुई खेल जितेको पुल्चोकले एक खेल कम खेलेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विवेक राईले २७ औं मिनेटमा गोल गर्दै आरसी ३२ लाई अग्रता दिलाएका थिए । आरसी ३२ एकेडेमीका विवेकले हानेको फ्रिकिक महाविरका किपरले पूर्ण रुपमा बचाउन नसकेपछि रिबाउन्ड भएको थियो त्यसमा पुन: विवेकले गोल गरेका हुन् ।

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।

आरसी ३२ ले पहिलो खेलमा खालीबारी युथ क्लबलाई १-० र दोस्रो खेलमा बागमती युथ क्लबलाई ३-० ले पराजित गरेको थियो ।

यसअघिका दुई खेल बराबरी खेलेको महावीरको यो पहिलो हार हो । ३ खेलबाट महावीरको २ अंक मात्र छ । रानीवन स्पोर्ट्स क्लबसँग पहिलो खेलमा १-१ को बराबरी खेलेको महावीरले दोस्रो खेलमा खालीबारी युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?