+

४५ टिप्स, महिलाले कसरी गर्ने आफ्नो स्वास्थ्यको ख्याल ?

२०८१ वैशाख  ६ गते १२:३१ २०८१ वैशाख ६ गते १२:३१
४५ टिप्स, महिलाले कसरी गर्ने आफ्नो स्वास्थ्यको ख्याल ?

गृहिणीहरु आफ्नो स्वास्थ्यलाई लिएर अलि हेलचेक्र्याइँ गर्छन् । जसकारण भविष्यमा गम्भीर स्वास्थ्य समस्याको जोखिम हुनसक्छ । योग र व्यायामका साथै स्वस्थ शरीरका लागि स्वस्थ आहार पनि महत्वपूर्ण हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

महिलाका लागि स्वस्थ रहने ४५ टिप्स

१. बिहान उठ्ने बित्तिकै सुरुमा तातो पानी पिउने बानी बसाल्नुपर्छ । त्यस्तै मनतातो पानीमा कागती वा मह मिसाएर पिउन सकिन्छ । यसरी गृहिणीहरुले दिनको सुरुवात दुइ गिलास मनतातो पानी पिउन सक्छन् ।

२. आफूलाई स्वस्थ र तन्दुरुस्त राख्न दैनिक कम्तीमा आधा घण्टा व्यायाम गर्ने ।

३. शरीरका लागि प्रतिदिन १५ सय क्यालोरी आवश्यक पर्ने भएकाले त्यसमा ध्यान दिने ।

४. दैनिक भिटामिन एको आपूर्तिको लागि मेवा, स्ट्रोबेरी र मौसमी फलफूल खाने ।

५. बिहानको खानामा दही, मौसमी हरियो सागसब्जी अनिवार्य रुपमा सेवन गर्ने ।

६. बेलुकाको खाना राति सुत्नुभन्दा दुई-तीन घण्टा पहिला नै खाने, पेट आधा मात्र भरिनेगरी खाने ।

७. दिनभरि ऊर्जावान् बन्न बिहान अनिवार्य ब्रेकफास्ट खाने,

८. बिहानको ब्रेकफास्टमा भिटामिन एको लागि स्याउ, मेवा र मौसमी फलफल फाइदाजनक हुन्छ ।

९. भात वा रोटी, सागसब्जी, दाल दही खान सकिन्छ । यसले शरीरलाई तन्दुरुस्त बनाउन सहयोग गर्छ ।

१०. सलादमा काँक्रो, क्याप्सिकन, गाँजर, मुला खान सकिन्छ । यसमा कागती र थोरै नुन मिसाएर खान सकिन्छ ।

११. बेलुकाको खानामा एक कप दही पनि समावेश गर्न सकिन्छ ।

१२. बेलुकाको खानामा सलाद बढी प्रयोग गर्न सकिन्छ । यसले मोटोपन हुनबाट जोगाउँछ ।

१३. एकैचोटि धेरै खाना खानुको सट्टा छिनछिनमा खाने खानुपर्छ । र, नियमित योगा र व्यायाम गर्नुपर्छ ।

१४. महिलामा डिहाइड्रेसनको समस्या धेरै हुने गर्छ । त्यसैले समय मिलाएर पानी पिउनुपर्छ तर खाना खाएको केही समयपछि मात्र पानी पिउनु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।

१५. महिलाहरु कामको चापको कारण समयमा सुत्न पाउँदैन् वा निद्रा पूरा हुँदैन । यसले गर्दा शरीरको हार्मोन प्रणालीले ठीकसँग काम गर्दैन । त्यसैले समयमा सुत्ने बानी बसाल्नुपर्छ ।

१६. सकेसम्म घरको खाना खानु राम्रो हुन्छ ।

१७. आफ्नो दैनिक खानामा हरियो सागसब्जी र फलफूल खाने ।

१८. कामकाजी महिलाले दिनमा सकेसम्म ८ देखि १० गिलास पानी पिउने ।

१९. अफिसमा लिफ्टको सट्टा भर्‍याङको प्रयोग गर्ने बानी बसाल्ने ।

२०. बजार जाँदा सवारीसाधन चढ्नुभन्दा हिंडेर जाने बानी गर्ने ।

२१. अफिसको खाजा बाहिर खानुभन्दा घरमै बनाएको खाजा, सलाद र फलफूल लिएर जान सकिन्छ ।

२२. शरीरलाई स्वस्थ अनि राम्रो बनाउन हरियो सागसब्जी खाने गर्नुपर्छ । पालक, मेथी, बन्दाकोभी र मौसमी सागसब्जी खाने ।

तना र मोटोपन कम गर्न

२३. तनावका कारण मधुमेह, मुटुरोगलगायत विभिन्न खालको स्वास्थ्य समस्या हुनसक्छ । त्यसैले सकेसम्म तनाव कम गर्ने कोसिस गर्नुपर्छ ।

२४. हिजोआज मधुमेह, मुटुसम्बन्धी समस्या र क्यान्सर वंशाणुगत कारणले पनि हुने गर्छ । त्यसैले आफ्नो परिवारको स्वास्थ्य समस्याबारे पनि जानकारी राख्नुपर्छ ।

२५. सकेसम्म नियमित रुपमा स्वास्थ्य जाँच गर्नुपर्छ ।

२६. कुनै पनि प्रकारको स्वास्थ्य समस्या भएमा त्यसलाई हेलचेक्र्याइँ नगरी चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

२७. धेरैजसो महिलामा आइरन र क्याल्सियमको कमी देखिन्छ । त्यसैले ४० वर्षको उमेर भएपछि शरीरमा आइरन वा क्याल्सियमको कमी छ कि छैन भनेर जाँच गर्नुपर्छ । कमी भएमा आफ्नो दैनिक खानपानमा पर्याप्त मात्रामा आइरन र क्याल्सियमको समावेश गर्नुपर्छ ।

२८. सामान्य स्वास्थ्य समस्या आउँदा सकेसम्म प्राकृतिक रुपमै निको बनाउन प्रयास गर्ने, नभए मात्र चिकित्सकको परामर्शअनुसार औषधि खाने ।

२९. सकभर बासी खाना नखाने, यसले कमजोर हुने र काम गर्ने बेला रिंगटा लाग्ने हुनसक्छ ।

३०. शरीरमा हार्मोनको कारण पनि तनाव हुनसक्छ । त्यसैले हार्मोन प्रक्रियालाई सन्तुलन गर्न पूरा समय निदाउने ।

३१. तनावमुक्त रहन योग, नृत्य, एरोबिक गर्न सकिन्छ ।

तौल घटाउन

३२. नकारात्मक सोचबाट टाढा रहने, सकारात्मक सोच्ने ।

३३. दैनिक नियमित व्यायाम गर्ने ।

३४. ३० वर्षको उमेरपछि महिलाको हड्डी कमजोर हुन थाल्छ । त्यसैले दैनिक खाने भोजनमा क्याल्सियमयुक्त सागसब्जी समावेश गर्ने ।

३५. महिलाहरु स्तन परीक्षण गर्न चासो दिंदैनन् । तर ४० वर्ष नाघेपछि अनिवार्य मेमोग्राम गराउनुपर्छ ।

३६. बिहान उठ्दा थकान, दिनभर काम गर्न असहज महसुस भएमा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

३७. दैनिक खाने भोजनमा दूध र दुधजन्य परिकार, गेडागुडी, भटमास, मेवा, टोफु, माछामासुजस्ता प्रोटिन र क्याल्सियमयुक्त खाना खानुपर्छ ।

३८. डिहाइड्रेसनबाट बच्न र पाचन प्रणाली स्वस्थ राख्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ । दिनमा कम्तीमा तीन-चार लिटर पानी पिउनुपर्छ । धुम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ ।

३९. दैनिक व्यायामको लागि २० मिनेट छुट्याउनुपर्छ । कहिलेकाहीं जगिङ मात्रै पनि गर्न सकिन्छ ।

४०. एकैचोटि टन्न खानुको सट्टा पटक-पटक थोरैथोरै खाने बानी बसाल्ने । यसले मोटोपनको समस्या हुँदैन ।

४१. सकभर बिहान र बेलुकाको खाना खाइसकेपछि हिंड्ने बानी गर्ने । एक घण्टा काम गरिसकेपछि एक मिनेट ब्रेक लिनुपर्छ ।

४२. ४० वर्ष नाघेपछि प्रत्येक दुई वर्षमा बोन डेन्सिटी अर्थात् हड्डीको जाँच गराउनुपर्छ ।

४३. शरीरमा कुनै किसिमको गाँठो वा अन्य कुनै समस्या भएमा हेलचेक्र्याइँ नगर्ने । ४० वर्षको उमेरपछि हरेक वर्ष स्वास्थ्य परीक्षण गराउने ।

४४. एनिमियाका कारण थकान, सास फुल्ने, ध्यान केन्द्रित गर्न नसक्नेजस्ता समस्या हुनसक्छ । त्यसैले दैनिक आहारमा पौष्टिक र आइरन पर्याप्त मात्रामा समावेश गर्ने ।

४५. कुनै पनि स्वास्थ्य समस्या भएमा चिकित्सकलाई जाँच नगराई केही नखाने, यसले हानि पनि गर्न सक्छ ।

नवभारत टाइम्सबाट

महिला स्वास्थ्य हेल्थ टिप्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय