२० वैशाख, काठमाडौं । वेस्टइन्डिज एसँगको चौथो टी-२० खेलमा २१० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ओपनर आशिफ शेखलाई शून्य रनमै गुमाएको छ ।
पहिलो बलमा डट खेलेका शेख दोस्रो बलमा बोल्डआउन हुन पुगे । उनलाई म्याथ्यू फोर्डले बोल्ड गरेका हुन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।
अहिले क्रिजमा कुशल भुर्तेलाई साथ दिन कप्तान रोहित शर्मा आएका छन् ।
प्रतिक्रिया 4