+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रुसी सेनाका परिवारका सदस्यले तोडे आमरण अनशन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते २१:२८

२३ वैशाख, काठमाडौं । रुसी सेनामा आमरण अनशन बसेका पीडित परिवारहरुले अनशन तोडेका छन् ।

रत्नपार्कस्थित शान्तिवाटिकामा आमरण अनशन बसेको १७ औं दिनमा रुसी सेनामा गएका नेपालीका परिवारका सदस्य र आफन्तहरुले आइतबार साँझ साढे सात बजे अनशन तोडेका हुन् ।

रुसी सेनामा गएका नागरिकको जीवन रक्षाका लागि भन्दै कृतु भण्डारी, रुकुमकी सिरयानी पुन र सुर्खेतका किसन थापा आमरण अनशन बसेका थिए ।

रुसी सेनाका परिवारले राखेका माग सरकारको तर्फबाट सम्बोधन गर्न अधिकतम प्रयास गर्ने र प्रधानमन्त्रीसँग  वार्ता गर्ने सहमतिमा उनीहरुले अनशन तोडेका हुन् । प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले उनीहरुलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।

‘रुसी सेनामा गएका नेपाली नागरिकको उद्धार, खोजी र क्षर्तिपूर्ति उपलब्ध गराउने जस्ता मागहरु पुरा गर्न तर्फ सरकारले प्रयास गर्ने भएपछि सहमति गर्‍यौं’ रुसी सेनामा गएका नागरिकको जीवन रक्षा अभियानकी कृतु भण्डारीले भनिन्, ‘भोलि नै प्रधानमन्त्रीसँग परिवारहरु वार्ता गर्ने भनेपछि अनशन तोड्न तयार भएको हौं ।’

रुसी सेनाका परिवारले रुसी सेनामा गएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता, रुसी सेनामा भर्ती भएर करार रद्द भएकाहरुको स्वदेश फिर्ता र युक्रेनको कब्जामा रहेका पाँच जना नेपालीको सकुशल उद्धार गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?