+
+

भृकुटीमण्डपमा यामाहाको ‘महाएक्सचेन्ज मेला-२०८१’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १४:२५

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले ‘यामाहा महाएक्सचेन्ज मेला २०८१’ शुभारम्भ गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको यस मेलालाई यस वर्षकै सबैभन्दा ठूलो मेला भएको कम्पनीले दाबी गरेको छ ।

एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले यामाहा महाएक्सचेन्ज मेलामा आफ्नो सवारी अपग्रेड गर्न चाहने ग्राहकले अविश्वसनीय अवसर प्राप्त गर्ने बताए ।

यो मेलाबाट मोटरसाइकल प्रेमीहरूका लागि आफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर मात्र नभई जीवन्त र रोमाञ्चक वातावरणमा दुई पाङ्ग्रे सवारीप्रतिको आफ्नो जोश बढाउने उत्तम मञ्च हुने विशेवास उनको छ ।

सहभागीहरूले आफ्नो ब्रान्ड-न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्नेछन् ।

साथै जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको ट्रेड-इनका लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन पनि प्रदान गर्नेछ ।

मेलामा सहभागीहरूले नि:शुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्न नि:शुल्क बाइक चेक-अप र स्पार्कलिंग क्लिन स्टार्टका लागि वास गर्ने सुविधा समेत लिन सक्नेछन् ।

स्टाइलिस अपग्रेडको साथमा सुरक्षा बढाउन डुअर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ । थप रोमाञ्चकताका लागि मेलामा नि:शुल्क खेल र उपहारहरू, टेस्ट राइड र विन अफरहरू रहने छन् भने नि:शुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकको समग्र अनुभवलाई थप बढाउने कम्पनीको भनाइ छ ।

मेलामा लोकप्रिय नेपाली गायक गायिकाहरूको समेत प्रत्यक्ष प्रस्तुति रहने छ । २४ वैशाखमा गायक शिव परियार, २६ मा महेश काफ्ले र २९ वैशाखमा मिलन नेवारको प्रस्तुति रहने कम्पनीले जनाएको छ ।

यो मेला २९ वैशाखसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?