+

ललितपुर मेयर्स कप : कृतिकाको लगातार ४ बलमा ४ विकेट

२०८१ वैशाख  २९ गते १४:५४ २०८१ वैशाख २९ गते १४:५४
ललितपुर मेयर्स कप : कृतिकाको लगातार ४ बलमा ४ विकेट

२९ वैशाख, काठमाडौं । स्पिनर कृतिका मरासिनीले चार बलमा चार विकेट लिएपछि ललितपुर मेयर्स वुमन्स चाम्पियन्ससिप २०२४ को पहिलो खेलमा बागमती प्रदेशले ललितपुर मेयर्स–११ लाई ५३ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती प्रदेश १४.२ ओभरमा ५२ रनमा अल आउट भयो ।

बागमतीकी कप्तान अश्मिना कर्माचार्यले २६ बलमा ३ चौकासहित सर्वाधिक २० रन बनाइन् । कञ्चन श्रेष्ठ ११, हेलिसा गुरुङ ५ र खुसी डंगोलले ६ रन बनाइन् ।

चोभार एण्डबाट आएकी कृतिकाले १२ औं ओभरको चौथो बलमा खुसीलाई बोल्ड, पाँचौं बलमा विपिशा शाहीलाई क्याच र छैटौं बलमा मनिषा उपाध्यायलाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । १४ औं ओभरको पहिलो बलमा अश्मिना कर्माचार्यलाई बोल्ड गर्दै लगातार चार बलमा चार विकेट पूरा गरेकी थिइन् ।

ललितपुर मेयर्स ११ की कृतिका मरासिनीले २ ओभरमा ४ रन खर्चेर ४ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । पूजा महतोले ३.२ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् ।

कृतिका मरासिनी ललितपुर मेयर्स कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय