+

फुड लेबल के हो, त्यसमा के-के लेखिएको हुन्छ ?

२०८१ जेठ  ९ गते १३:२२ २०८१ जेठ ९ गते १३:२२
फुड लेबल के हो, त्यसमा के-के लेखिएको हुन्छ ?

बजारमा सजिलै पाइने प्याकेट बन्द खानेकुरा हाम्रो खानाको मुख्य हिस्सा भएको छ । तर ग्राहकहरूले त्यस्ता प्याकेटबन्द खाद्यवस्तु किन्दा प्रायः त्यसको म्याद सकिने मिति र यसको मूल्य हेर्छन् । खाद्यवस्तुको प्याकेटको पछाडिको भागमा धेरै महत्त्वपूर्ण जानकारी हुन्छन्, त्यसलाई भने कमैले मात्र पढ्छन् ।

प्याकेटबन्द खानेकुराको पछाडि भागमा लेखिएको जानकारीलाई फुड लेबल भनिन्छ । लेबल भन्नाले बिक्रीको लागि राखिएको वा परिवहन भइरहेको कुनै पदार्थको आवरणमा लेखिएको, छापिएको विवरण वा संकेत हो ।

प्याकेटबन्द खानेकुरा किन्दा फुड लेबल हेर्न जरुरी

प्याकेटबन्द खानेकुराको लेबल हेरेर भित्रको खानाको गुणस्तर मूल्यांकन गर्न सकिन्छ । कुनै चीज खरिद गर्ने आधार भनेको यसमा केही मात्रामा भिटामिन वा मिनरल्स हुन्छ । साथै अन्य तत्त्वको मात्रा स्वास्थ्यका लागि हानिकारक नहुने खालको छ भन्ने कुरा थाहा भयो भने त्यो खानेकुरा किन्दा ढुक्क हुन सकिन्छ ।

लेबलिङ मार्फत उपभोक्ताहरूलाई थाहा हुन्छ कि खानामा कुन पोषक तत्व कति  मात्रामा छन् । यी पोषक तत्वहरूको दैनिक मात्रा तिनीहरूका लागि उपयुक्त छ र प्रत्येक खपतले कति पोषण प्रदान गर्छ । यस्तो जानकारी लेबलिङ मार्फत थाहा पाउन सकिन्छ ।

खाद्य पदार्थको लेबलमा समावे हुने कुराहरु

नामसम्बन्ध जानकारी

प्याकेटबन्द खानेकुरामा सर्वप्रथम खाद्य पदार्थको नाम उल्लेख भएको हुनुपर्छ । यदि एक मात्र वस्तुबाट बनेको भए सोको नाम उल्लेख गर्नुपर्छ । जस्तै- चना प्याक गरिएको भए चना भनेर लेख्ने तर दुई वा सो भन्दा बढी पदार्थबाट बनेको भए प्रचलित नाम उल्लेख गर्ने । दालको मिश्रण भए मिक्स दाल भनी उल्लेख गर्ने र समिश्रणमा मिसाइएका दालको नाम उल्लेख हुनुपर्छ ।

विक्रम लिम्बू, खाद्य अनुसन्धान अधिकृत

उत्पादक र आयातकर्ताको नाम र ठेगाना

खाद्य पदार्थको बिक्री वितरणका लागि उत्पादन वा प्याकेजिङ गर्ने व्यवसायीको पूरा नाम र ठेगाना स्पष्टसँग उल्लेख भएको हुनुपर्छ । यदि तेस्रो मुलुकबाट कुनै व्यापारीले आयात गर्छ भने सो आयतकर्ताको पूरा नाम र ठेगाना समेत उल्लेख गर्नुपर्छ ।

खाद्य पदार्थको तौलसम्बन्ध व्यवस्था

प्याक गरिएको पदार्थको खुद तौल वा नापको परिमाण उल्लेख गर्नुपर्छ र उल्लेख गरेको परिमाण भन्दा कम भएको हुनु हुँदैन । यदि प्याकेटभित्र अन्य स-साना खुद्रा प्याक छन् भने तिनको न्यूनतम संख्या समेत उल्लेख गर्नुपर्छ ।

उत्पादन मिति, प्याकेजि मिति

उत्पादन मितिले सो खाद्य पदार्थ कुन मितिमा उत्पादन भएको जानकारी गराउँछ भने प्याकेजिङ मितिले सो खाद्य पदार्थ कुन मितिमा प्याकिङ गरिएको भन्ने जानकारी दिन्छ । त्यसैले प्याकेटबन्द खाद्य पदार्थमा उत्पादन तथा प्याकिङ मिति समावेश हुनुपर्छ ।

उपभोग्य समय

उपभोग्य समयले उक्त खाद्य पदार्थ कति समयभित्रसम्म उपभोग गर्दा उच्च गुणस्तरको हुन्छ भन्ने समयावधिलाई जनाउँछ । यसलाई जनाउने विभिन्न अंग्रेजी शब्दको प्रयोग गरिन्छ, जस्तै ‘बेस्ट बिफोर’ ।

ब्याच नम्बर

ब्याच नम्बर उत्पादक आफैंले बुझ्ने गरी राख्दा हुन्छ । यसले खाद्य वस्तुमा केही समस्या भएको खण्डमा सो लट वा ब्याचको खाद्य पदार्थ बजारबाट फिर्ता गर्नमा सहयोग गर्छ ।

खाद्य पदार्थको समिश्रणसम्बन्धी जानकारी

खाद्य पदार्थको तयारी गर्ने क्रममा मिसाइएको सम्पूर्ण पदार्थको विवरण स्पष्टसँग खुलाउनुपर्छ । जस्तै- मिक्स दाल छ भने कुन-कुन दाल मिसाइएको छ विवरण स्पष्टसँग उल्लेख गर्नुपर्छ ।

लेबल विवरणमा लेखिने भाषा

खाद्य पदार्थको लेबलमा अनिवार्य नेपाली वा अंग्रेजी वा दुवै भाषामा हुन्छ । जसले गर्दा त्यहाँ लेखिएको सम्पूर्ण जानकारी ग्राहकले सजिलै पढ्न सकुन् । उत्पादकले चाहेमा यस भाषामा थप गरेर अन्य भाषामा पनि विवरण तयार गर्न सक्छन् ।

लेबल विवरणमा दाबी गरिने पोषणसम्बन्धी जानकारी

खाद्य पदार्थको लेबलमा पौष्टिक तत्वको मात्रा नखुलाई पौष्टिक तत्व छ भनेर दाबी गर्न पाइँदैन ।  विज्ञापनजन्य सामग्रीमा पनि पौष्टिक तत्वको मात्रा नखुलाई पौष्टिक तत्व भएको कुरा उल्लेख गर्न पाँदैन । विभिन्न दाबी गरिएका पौष्टिक तत्वहरु नेपाल सरकारले तोके बमोजिमको इकाईमा स्पष्ट उल्लेख भएको हुनुपर्छ । जस्तै खनिज तत्व पोटासियमलाई मिलिग्राम इकाईमा लेखिएको हुन्छ ।

फुड लेबलको हुने अन्य जानकारी

उद्योग विभाग वा घरेलु तथा साना उद्योग कार्यालयद्वारा प्रदान गरिएको उद्योग दर्ता नम्बर उल्लेख हुन्छ ।

वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिक्तम बिक्री मूल्य (एमआरपी) एवं वस्तु उपभोगबाट हुनसक्ने नकारात्मक प्रभाव जस्तै कतिपय खाद्य पदार्थले हुने एलर्जीसम्बन्धी जानकारी पनि उल्लेख हुनुपर्छ ।

(लिम्बू खाद्य अनुसन्धान अधिकृत हुन् ।)

खाद्यपदार्थ फुड लेबलिङ
लेखक
विक्रम लिम्बू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?