
तिम्रै याद आउँछ नि के गरौं
भुले नि तिमीले
तिम्रै माया लाग्छ नि के गरौं
भुले नि तिमीले
हाम्रो नाता तोडेर अन्तै
भुले नि तिमीले
गायक प्रचण्डबाबु राईको नयाँ गीत ‘तिम्रै याद आउँछ’का शब्द हुन् यी । आधा दशकभन्दा बढी समयदेखि नेपाली सांगीतिक क्षेत्रमा उपस्थिति जनाइरहेका गायक राईको यो तेस्रो गीत हो ।
हरि लम्सालको शब्द, संगीत तथा एरेन्ज रहेको गीतले प्रेम र वियोगको कथा प्रस्तुत गर्छ । ट्वेल्भ नोट्स क्रियसन्सको निर्माण गरेको भिडियोमा प्रचण्डबाबु, साक्षी लम्साल र सचिन बोगटीले अभिनय गरेका छन् । गीतमा रोशन के श्रेष्ठको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ ।
गायक राईले यसअघि ‘दिल खोलेर कुरा गर न’, ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’, लगायत गीत सार्वजनिक गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4