+
+

कास्कीमा हावाहुरीले १४ घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते ९:०२

१८ जेठ, पोखरा । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

जेठ १७ गते साँझतिर हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीले मानवीय र चौपाया क्षति भने भएको छैन ।

कास्की प्रहरीका अनुसार रुपा गाउँपालिका वडा नम्बर १ च्यार्पे बस्ने नरमाया गुरुङ, रुपा गा.पा. वडा नं. २ छापडाँडा बस्ने सोम बहादुर खड्का, माझकोट बस्ने हर्क बहादुर गुरुङ, रुपा गाउँपालिका ६ जामुने बस्ने चिजामाया गुरुङ, कसिला गुरुङ, प्रतिक अधिकारी, गंगा गुरुङ, राज कुमार तामाङ लगायतको घरमा हावाहुरीले क्षति पुर्‍याएको छ ।

रुपा गाउँपालिका ६ मियागाउ बस्ने अब्बस अलि मिया, अबदुल मिया, रजिना मिया, मैमुन मिया, लैलातान मिया, कृष्ण बहादुर थापा, तसबिरन मिया र भिरचोक बस्ने जानकी गुरुङको घरमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ ।

चिसापानीस्थित कोट मन्दिर र थापा गाउँको कुल मन्दिरका छाना पनि हुरीले उडाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?