+

एन्जाइटीको कारण हुनसक्छ प्यानिक अट्याक 

२०८१ जेठ  २२ गते १३:४६ २०८१ जेठ २२ गते १३:४६
Shares
एन्जाइटीको कारण हुनसक्छ प्यानिक अट्याक 

प्यानिक अट्याक एक प्रकारको मस्तिष्कमा हुने आक्रमण हो । यसमा एक्कासि डर लाग्ने हुन्छ । प्यानिक अट्याक हुँदा सास फेर्न गाह्रो हुने, मुटुको चाल बढ्ने, हातखुट्टा काँप्ने लगायत विभिन्न लक्षण देखा पर्छन् ।

सरल भाषामा भन्दा साधारण अवस्थामा कसैले असाधारण प्रतिक्रिया दिन्छन् भने त्यो प्यानिक अट्याक हो । यो तब हुन्छ जब मानिसहरू आफ्नो जीवनमा भइरहेको कुनै घटनाको बारेमा चिन्तित हुन्छन् वा उनीहरूले केही कठिन वा तनावपूर्ण अनुभवको सामना गरेका हुन्छन् ।

प्यानिक अट्याक किन हुन्छ ?

प्यानिक अट्याक आउने त्यस्तो विशेष कारण खासै हुँदैन, तर यो एन्जाइटीसँग सम्बन्धित हुन्छ । यसबाहेक चिन्ता, उदासीनता, निराशा जस्ता कारणले पनि प्यानिक अट्याक हुनसक्छ । कसैलाई क्यान्सर, मधुमेह वा अन्य दीर्घकालीन समस्या छ र त्यसले गर्दा जीवन निराश र असहज भएको छ भने त्यसको कारण पनि प्यानिक अट्याक हुनसक्छ ।

शरीरलाई आवश्यक पर्ने भन्दा अत्याधिक मात्रामा व्यायामले शरीरमा रगतको मात्रा बढाउँछ, जसले प्यानिक अट्याक निम्त्याउँछ ।

धेरै मात्रामा चिया कफी जस्ता क्याफिनयुक्त पेय पदार्थको सेवनले पनि प्यानिक अट्याकको समस्या निम्त्याउँछ ।

विभिन्न प्राकृतिक विपत्तिको कारण आफूले माया गरेको व्यक्तिलाई गुमाउनुपर्‍यो भनेपनि प्यानिक अट्याक हुनसक्छ । भीडभाड भएको ठाउँमा लामो समयसम्म वा बन्द कोठामा बस्दा पनि प्यानिक अट्याक हुन सक्छ ।

कतिपय बालबालिका बाल्यकालमा कुनै घटनाको सिकार हुन्छन्, जसकारण भविष्यमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । तिनीहरू ती घटनाप्रति संवेदनशील हुन्छन्, जसले त्यो घटनाको सोचाइले मात्र पनि उनीहरूलाई आतंकित बनाउँछ र प्यानिक अट्याक हुनसक्छ ।

डिप्रेसन, चिन्ता वा अन्य मानसिक रोग प्यानिक डिसअर्डरको मुख्य कारण हुन् । यी सबै अवस्थामा बिरामीले सकेसम्म चाँडो मनोचिकित्सकलाई भेट्नुपर्छ । यदि परिवारमा कसैलाई प्यानिक अट्याक छ वा प्यानिक डिसअर्डर छ भने परिवारका अन्य सदस्यमा पनि प्यानिक डिसअर्डरले सताउने सम्भावना हुन्छ ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थमा भएको एक अध्ययनअनुसार प्यानिक अट्याक एक प्रकारको एन्जाइटी डिसअर्डर हो । जसमा कहिलेकाहीं कुनै प्रकारको डर वा फोबिया पनि अट्याकको कारण बन्न सक्छ ।

प्यानिक अट्याकका लक्षणहरू

मुटुको धड्कन बढ्नु, सास फेर्न गाह्रो हुने र घाँटीमा केही अड्किए जस्तो हुनु, छाती दुख्नु र छटपटी हुनु, चिसो मौसममा पनि गर्मी भएको महसुस हुनु, मर्छु कि भन्ने डरले समेत सताउनु, पसिना आइरहनु र शरीर कामेको महसुस हुनु, शरीर दुख्नु, पेट बटारिएको अनुभव हुनु र टाउको दुख्नु, रिगंटा लाग्नु र बेहोस नै भएको महसुस हुनु प्यानिक अट्याकको लक्षण हो ।

के छ उपचार ?

प्यानिक अट्याक डरलाग्दो हुन्छ तर समयमा उपचार गर्ने हो भने यसलाई रोकथाम गर्न सकिन्छ । प्यानिक अट्याक आएको कारण पत्ता लगाएर यसको उपचार गरिन्छ । यदि अट्याक सामान्य खालको छ, कहिलेकाहीं मात्र देखिन्छ भने साइको थेरापी र काउन्सिलिङबाट नै कम हुनसक्छ । तर अट्याक धेरै पटक आउँछ भने थेरापीसँगै औषधिको पनि सेवन गर्नुपर्छ ।

प्यानिक अट्याकबाट बच्न सकिन्छ ?

प्यानिक अट्याकबाट बच्न लागि सबैभन्दा पहिले त तनावमुक्त रहनुपर्छ, तनावमुक्त रहन योग र प्राणायाम गर्नुपर्छ । साथै यस्ता अट्याकबाट बच्न एन्जाइटीबाट बच्नुपर्छ ।

तनाव कम गर्न सामान्य व्यायाम गर्नुपर्छ, जसले मुड फ्रेस होस् । आफूलाई व्यस्त राख्नुपर्छ र सकारात्मक सोच राख्नुपर्छ । आफूलाई व्यस्त राख्न एरोबिक्स, स्विमिङ, डान्सिङ, पेन्टिङ सिक्नुपर्छ । कफी, रक्सी र अल्कोहल पिउनबाट बच्नुपर्छ । दिनभरिको थकान कम गर्न पर्याप्त निद्रा हुनु अति नै आवश्यक हुन्छ ।

प्यानिक अट्याक आएको बेला विश्वसनीय साथी, परिवारको सदस्यलाई सम्पर्क गर्नुपर्छ । बुझ्ने व्यक्तिसँग आफ्नो अनुभव बाँड्नाले भावनात्मक समर्थन प्रदान गर्न र एक्लोपनको भावना कम गर्न मद्दत मिल्छ ।

एन्जाइटी प्यानिक अट्याक
साधना थापा
लेखक
साधना थापा
साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्ट्स थेरापिस्ट

थापा आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरकी प्रबन्ध निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा