+
+

धनुषामा आफैले काट्दै गरेको रूखले च्यापिएर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १८:५१

३२ जेठ, जनकपुरधाम । धनुषामा आफैले काटिरहेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-६ का ४५ वर्षीय किसुनदेव मण्डल रहेका छन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार आज अपराह्नन ५ बजेतिर धनुषाको क्षिरेश्वर नगरपालिका ९ औरहामा भिक्सको रुख काट्ने क्रममा च्यापिएर मण्डल गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा रमदैयाको जानकी मेडिकल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?