+

योनीस्राव हुनुका ६ कारण

२०८१ असार  १४ गते ११:२२ २०८१ असार १४ गते ११:२२
योनीस्राव हुनुका ६ कारण

योनीस्राव महिला प्रजनन् प्रणालीको स्वस्थ संकेत हो । सामान्य योनीस्रावमा पानीयुक्त पदार्थ वा तरल पदार्थ, मृत कोषिका र ब्याक्टेरियाको मिश्रण हुन्छ । यसले शरीर र प्रजनन् अंगहरुलाई प्रजननका लागि तयार पार्ने काम गर्छ ।

सामान्यतया स्वस्थ योनीस्राव पातलो हुन्छ । कतिपय महिलामा गाढा रङको स्राव पनि हुनसक्छ । यो खासै चिन्ताको विषय होइन । तर यदि यौनीस्राव धेरै भयो वा योनीस्रावको रङ धेरै गाढा छ भने सचेत हुनुपर्छ । कहिलेकाहीं शरीरमा केही समस्या हुँदा पनि योनीस्राव हुन्छ ।

अण्डाको निष्कासन

महिलाको अण्डाशयबाट अण्डा निस्कने क्रममा पनि योनीस्राव हुन्छ । यो मासिक धर्मचक्रपछि हुन्छ । यस अवधिमा बाक्लो स्राव हुन्छ । यो गाढा सेतो र पहेंलो हुन्छ । यसले शरीरमा एस्ट्रोजनको स्तर बढेको र अण्डाशय नजिकै रहेको संकेत गर्छ । योनीस्राव अण्डा निष्कासनसम्म धेरै हुन्छ र त्यसपछि कम हुन्छ ।

हर्मोनल असन्तुलन

तनाव, खराब खानपान, खराब जीवनशैली सम्बन्धित हर्मोनल असन्तुलनले कहिलेकाहीं योनीबाट भारी स्राव निम्त्याउन सक्छ । यस्तो अवस्थामा यी कारणबाट जोगिन र हर्मोन सन्तुलित राख्ने प्रयास गर्नुपर्छ ।

पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)

पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) भएका महिलामा एन्ड्रोजन भनिने पुरुष हर्मोनको मात्रा उच्च हुन्छ । धेरै मात्रामा एन्ड्रोजन स्तरले अनियमित महिनावारी निम्त्याउँछ र अण्डाशयलाई रोक्छ । त्यसैले यस अवधिमा महिलालाई अत्याधिक योनीस्राव हुनसक्छ । तसर्थ यदि अत्याधिक योनीस्राव र अन्य लक्षणहरू छन् भने चिकित्सकको परामर्श लिनुपर्छ ।

फंगल इन्फेक्सनको कारण

फंगल इन्फेक्सनको कारण पनि योनीस्राव बढ्छ र धेरै बाक्लो हुन्छ । यो फङ्गस वृद्धिको कारण हुन्छ । यो जुनसुकै उमेरका महिलालाई पनि हुनसक्छ । फंगल इफेक्सनमा योनीस्रावसँगै योनी चिलाउने समस्या पनि हुन्छ । यस्तो अवस्थामा चिकित्सकको परामर्शमा औषधि सेवन गर्नुपर्छ ।

जाइनाइटिस संक्रमण

भजाइनाइटिस योनीको संक्रमण हो । यो धेरै कसिलो कपडा लगाउँदा र यौनाङ्गको सरसफाइमा कमीले हुन्छ । यस्तो अवस्थामा योनीबाट सेतो, खैरो, पहेंलो वा हरियो रङको बाक्लो स्राव हुनसक्छ । यसबाहेक योनीबाट दुर्गन्ध आउने र चिलाउने हुन्छ । धेरै महिलाले पिसाब गर्दा पीडा वा असुविधा अनुभव गर्न सक्छन् ।

ब्याक्टेरियल जाइनाइटिस

ब्याक्टेरियल भजाइनाइटिस योनीमा ब्याक्टेरियाको अत्याधिक वृद्धिको कारणले हुन्छ । योनीको संक्रमण १५ देखि ४४ वर्ष उमेर समूहका महिलामा बढी देखिन्छ । यो यूटीआईको कारणले पनि हुनसक्छ, जसलाई ब्याक्टेरियल भजाइनाइटिस हुन्छ । यस्तो अवस्थामा योनीबाट सेतो वा खैरो स्राव हुन्छ ।

एजेन्सीको सहयोगमा

महिला स्वास्थ्य योनीस्राव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर