+

काखी गन्हाउनुको कारण र उपचार

२०८१ असार  १७ गते १३:३९ २०८१ असार १७ गते १३:३९
Shares
काखी गन्हाउनुको कारण र उपचार

विशेषगरी गर्मीको समयमा काखी गन्हाउने समस्याले धेरैलाई सताउछ । यसका कारण विभिन्न हुनसक्छन् । धेरै पसिना आउनु, लसुन, अदुवा, प्याज तथा मसालेदार खानेकुरा धेरै खाँदा पसिना गन्हाउँछ । पसिना धेरै आउनुको भनेको शरीरभित्रको विकास अर्थात् टक्सिन निस्कनु हो । पसिनासँगै ब्याक्टेरियाको संक्रमणले पनि काखी गन्हाउने गर्छ ।

काखी गन्हाउनुमा वंशाणुगत कारण पनि हुनसक्छ । पुरुष र महिला दुवैमा काखीमा बाक्लो रौं छ भने पनि काखी गन्हाउने समस्या हुन्छ । बाक्लो रौंकारण काखीमा धेरै फोहोर हुने हुँदा ब्याक्टेरियाको संक्रमण हुन्छ, जसकारण काखी गन्हाउँछ । त्यसैगरी रातो मासुको सेवन पनि काखी गन्हाउने एक कारणमा पर्छ ।

काखी कसैको गन्हाउने, कसैको नगन्हाउने किन हुन्छ ?

शरीरमा पसिना आउने ग्रन्थी हुन्छ, जसलाई एक्रिन स्वेट ग्ल्यान्ड भनिन्छ । सेबेसियस ग्रन्थीले छालालाई नरम बनाउँछ । एपोक्राइन ग्रन्थी कसैमा हुन्छ भने कसैमा हुँदैन । यो ग्रन्थी धेरै रौं भएको व्यक्तिमा बढी सक्रिय हुन्छ, जसले काखी गन्हाउँछ ।

एपोक्राइन ग्रन्थीबाट एक तैलीय तत्व निस्कन्छ । जुन धेरै तनाव, डर, चिन्ता, पीडामा थप सक्रिय हुन्छ । यस्तो अवस्थामा झन् बढी काखी गन्हाउँछ । तर यी ग्रन्थीबाट निस्कने तैलीय तत्व गन्धहित हुन्छ । काखी गन्हाउनुमा भने त्यसमा ब्याक्टेरिया संक्रमणले भूमिका खेल्छ ।

उपचार

काखी गन्हाउने समस्याको उपचार खाने औषधि, मलम, लेजर प्रविधि र शल्यक्रियाबाट गर्न सकिन्छ ।  एन्टिब्याक्टेरियल औषधि जस्तै मेपिरोसिन मलम, फुसिडिस एसिड प्रयोग गर्न सकिन्छ । यसले ब्याक्टेरियालाई बढ्नबाट रोक्छ । अत्याधुनिक लेजर प्रविधिबाट गर्न सकिन्छ, जसलाई ‘मिरा ड्राइ’ पनि भनिन्छ । यसमा पसिना निकाल्ने ग्रन्थीलाई कम सक्रिय बनाइन्छ र पसिना कम आउँदा काखी पनि स्वत: कम गन्हाउने हुन्छ । यसले काखी गन्हाउन कम मात्रै गर्छ भने शल्यक्रिया मार्फत काखी गन्हाउने समस्या पूर्ण रुपमा निको पार्न सकिन्छ । शरीरमा भएको एपोक्राइन ग्रन्थीलाई निकाल्दा काखी गन्हाउने समस्या पूर्ण रुपमा निको हुन्छ ।

रोकथाम

काखी गन्हाउने समस्याबाट बच्न सबैभन्दा पहिले त सरसफाइमा ध्यान दिनुपर्छ । जस्तै- दैनिक काखी धुने, काखीलाई सुक्खा राख्ने, त्यहाँका रौं खौरिरहने र मसालेदार खानेकुराबाट सकेसम्म टाढा बस्ने गर्नुपर्छ । काखीमा डियोडोरेन्ट लगाउने सकिन्छ, यसले गन्धलाई छोप्न मद्दत गर्छ ।

काखी गन्हाउने सर्छ ?

काखी गन्हाउने व्यक्तिको लुगा नधोइकन लगाउँदा सर्न सक्छ । यो ग्रन्थीको कारण नभई लुगा भएका ब्याक्टेरियाको संक्रमणले गन्हाउँछ ।

काखी समस्या छालारोग डा. रुपक घिमिरे
डा. रुपक विक घिमिरे
लेखक
डा. रुपक विक घिमिरे
छाला तथा यौनरोग विशेषज्ञ

डा. घिमिरे हाल काठमाडौं दरबारमार्गस्थित आवरण स्किन क्लिनिकका सञ्चालक हुन् । उनले डर्माटोलोजीमा एमडी गरेका छन् । कपाल प्रत्यारोपणका पनि विशेषज्ञ  काठमाडौं मेडिकल कलेजका पूर्वसहायक प्राध्यापक समेत हुन् । उनी नेपाल सोसाइटी अफ हेयर सर्जनका सचिव हुन् । डा. घिमिरेको मेडिकल काउन्सिल दर्ता नम्बर ७९०२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?