
२७ असार, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १८ मा बरौलीखोलामा बगेर एक बालिकाको मृत्यु भएको छ ।
बुधबार साँझ किनारामा बसेकी उनी खोलामा खसेर बगेकी थिइन् । खोलाले बगाउँदा धनबहादुर बलकी १० वर्षकी छोरी रसमती बल बेपत्ता भएकी थिइन् ।
बेपत्ता भएपछि प्रहरी चौकी ठूलोदमारबाट खटिएको टोलीले करिब ५०० मिटर तल उनको शव फेला पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4