+

मनसुनमा बच्चालाई यूटीआई संक्रमणबाट कसरी जोगाउने ?

२०८१ असार  २७ गते १८:११ २०८१ असार २७ गते १८:११
मनसुनमा बच्चालाई यूटीआई संक्रमणबाट कसरी जोगाउने ?

मनसुनको समयमा बच्चादेखि वृद्धसम्मलाई सामान्य अवस्थामा भन्दा बढी रोगले सताउन सक्छ । वर्षायाममा लाग्ने एक रोग हो, युरिनरी ट्याक्ट इन्फेक्सन (यूटीआई) । यो मिर्गौला, मूत्राशय, मूत्रमार्ग जस्ता अंगमा धेरै हुन्छ । यूटीआईको संक्रमण हुँदा पिसाब गर्दा निकै पोल्छ ।

पुरुषको तुलना महिलामा युटीआईको समस्या धेरै देखिन्छ । यही समस्या बच्चा पनि देखिने गरेको छ । बच्चामा यूटीआई हुनुका केही कारण हुन्छन् । यसको साझा कारण हो, ब्याक्टेरियाको संक्रमण । ई कोली नामक ब्याक्टेरिया मूत्रमार्गमा प्रवेश गर्दा यूटीआई संक्रमण हुने गर्छ ।

सरसफाइमा ख्याल नगर्नु, पानी कम पिउनु, दुर्गन्धित शौचालयको प्रयोग गर्नु बच्चामा यूटीआई संक्रमण देखिने मुख्य कारण हुन् ।

यसको समस्या मनसुनको याममा सबैभन्दा धेरै हुने गर्छ । बच्चालाई यसबेला बाहिर खेल्नबाट बञ्चित नै गराउन त सम्भव हुँदैन, तर केही सावधानी अपनाएर यूटीआई संक्रमणबाट बचाउन सकिन्छ ।

बच्चाको स्वस्थताको ख्याल राख्ने

बच्चालाई दिनहुँ नुवाइदिनुपर्छ । खासगरी मनसुनको समयमा शरीर ओसिलो हुने भएकाले संक्रमणको जोखिम धेरै हुन्छ । त्यसैले नुहाइदिंदा शरीर ओसिलो हुन पाउँदैन । तर बच्चालाई नुहाइदिंदा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

नुहाइदिएपछि बच्चाको शरीर सुक्खा बनाएपछि मात्रै लुगा लगाइदिनुपर्छ । बच्चाको नियमित सरसफाइ गरी सुक्खा र सफा लुगा मात्रै लगाइदिनुपर्छ ।

बच्चाको हाइड्रेसन लेभलको ख्याल राख्ने

यूटीआई संक्रमणबाट बच्चालाई बचाउनका लागि पर्याप्त मात्रामा पानी पिलाउनुपर्छ । पानी पिउँदा मूत्रमार्ग सफा हुन्छ र ब्याक्टेरिया जम्मा हुन पाउँदैन । बच्चाको खानामा ताजा जुस, नरिबल पानी र सुप समावेश गर्नुपर्छ । यसले हाइड्रेसन लेभल कायम राखन्छ र संक्रमणको खतराबाट जोगाउँछ ।

बच्चाका लागि सही भित्री पहिरन छान्ने

मनसुनमा बच्चाका लागि सही भित्री पहिरनको छनोट गर्नुपर्छ । बच्चाका लागि सुतीको कपडा आरामदायी हुने भएकाले अन्डर गार्मेन्ट्स पनि सोही अनुसार लगाइदिनुपर्छ । साथै भित्री बस्त्र समय-समयमा फेरिदिनुपर्छ ।

शौचालय स्वच्छताबारे सिकाउने

बच्चालाई यूटीआई संक्रमण हुनुको मुख्य कारण नै शौचालय हाइजिन टिप्सको ख्याल नगर्नु हो । बच्चालाई शौचालय प्रयोगपछि आफ्नो हात साबुनपानीले सफा गर्न सिकाउनुपर्छ । साथै बच्चालाई आफ्नो गोप्य अंगको सरसफाइ गर्ने तरिका पनि अभिभावकले सिकाइदिनुपर्छ ।

बच्चाको शरीर सुक्खा राख्ने

बच्चालाई भिजेको कपडा कहिल्यै लगाइदिनु हुँदैन । अझ मनसुनको समयमा त उसको छाला सुक्खा राख्न हरप्रयास गरिरहनुपर्छ । वर्षामा बच्चा भिजेको छ भने तुरुन्तै उसको कपडा फेरिदिनुपर्छ । यसले बच्चामा यूटीआई, ब्याक्टेरियल तथा फंगल संक्रमणबाट जोगाउन सकिन्छ । वर्षामा बच्चाको खुट्टा सुक्खा राख्न जुत्ता लगाइदिनुपर्छ ।

एजेन्सीको सहयोगमा

बालबच्चा मनसुन यूटीआई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?