
३० असार, काठमाठौं । ठमेल क्षेत्रबाट ठूलो मात्रामा अवैध लागु औषध कोकिनसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
करिब ६ किलो कोकिनसहित मेसियन नागरिकलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाको विवरण प्रहरीले गोप्य राखेको छ । उनलाई पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।
उक्त लागु औषध कोकिन नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान लागेको प्रहरीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4