+
+

आन्तरिक राजस्व कार्यालय धनगढीबाट साढे २ अर्ब संकलन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १८:२४

३ साउन, धनगढी । आन्तरिक राजस्व कार्यालय धनगढीको राजस्व संकलन दरमा सुधार आएको छ । राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ८६.८३ प्रतिशत राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख मोहन बस्नेतले गत आर्थिक वर्षमा ३ अर्ब ८ करोड संकलनको लक्ष्य राखेकोमा २ अर्ब ६७ करोड अर्थात लक्ष्यको ८६.८३ प्रतिशत संकलन भएको जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा आयकरतर्फ १ अर्ब ५४ करोड, मूल्य अभिवृद्धि करतर्फ ९९ करोड र अन्तःशुल्क वापत १४ करोड संकलन गरेको छ ।

बस्नेतका अनुसार गत वर्ष राजस्व संकलनको अवस्था अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३.८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २ अर्ब ५७ करोड मात्र राजस्व संकलन भएको बस्नेतले बताए ।

कार्यालय प्रमुख बस्नेतले निर्धारण गरिएको वार्षिक लक्ष्य भेटाउन नसकिए पनि अघिल्लो वर्षको भन्दा १० करोड बढीको राजस्व संकलन भएको बताए । नक्कली बिल बिजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्नु, करको परीक्षण र अनुसन्धानको दायरालाई फराकिलो बनाउनु जस्ता कारणले राजस्व संकलनको दरमा सुधार गर्न सकिएको उनी बताउँछन् ।

‘हामीले यो वर्ष नक्कली बिल बिजकलाई कारबाही गरेर छली गरिएको कर तिराएका छौं । कर छली गर्नेहरूबाट समेत ठूलो अंकको कर निर्धारण गरेर तिराएका थियौँ,’ बस्नेतले भने, ‘समग्रमा कर परीक्षण र अनुसन्धानको दायरा फराकिलो बनाएकाले राजस्व संकलनको दरमा पनि सुधार भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?