४ साउन, काठमाडौं । नेपालले वुमन्स एसिया कप टी–२० प्रतियोगिता २०२४ को पहिलो खेलमा यूएईविरुद्ध मध्यम सुरुवात गरेको छ ।
डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले १० ओभरमा ४ विकेट गुमाउँदै ५७ रन बनाएको छ । खुसी शर्मा ३ र काशिा कुमारी १५ रनमा क्रिजमा छन् ।
यूएईले ओपनर तथा कप्तान ईशा ओझालाई दोस्रो ओभरको पाँचौं बलमा १० रनमा रन आउटको रुपमा गुमाएको थियो । एक रन लिने वा नलिने अन्यौलमा अर्की ओपनर थीर्थ सतिशसँग तालमेल गर्न नसक्दा उनी रन आउट भएकी थिइन् ।
स्ट्राइकबाट कुल्दै मध्यपीचमा आएर पुन फर्किनेक्रममा रुविना क्षेत्रीको थ्रोमा विकेटकिपर काजोल श्रेष्ठले रन आउट गरेकी थिइन् । सबनम राइको इनस्वींग बलमा रिनिथा रजिथा ६ रनमा बोल्ड आउट भइन् ।
कप्तान इन्दु बर्माको छैटौं ओभरको तेस्रो बलमा सतिश ९ रनमा कट एण्ड बोल्ड आउट भएपछि यूएई दबाबमा परेको थियो ।
इन्दुलाई कभरमा सट खेल्नेधुनमा समिरा धर्निधर्क १३ रनमा कविता कुँवरबाट क्याच भएपछि यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको थियो ।
प्रतिक्रिया 4