 
																			५ साउन, काठमाडौं । नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिनाअगावै राजीनामा दिएका हुन् ।
अधिकारी हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत छन् । स्रोतका अनुसार उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ ।
सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि उनले राजीनामा दिने निर्णय गरेको निकट स्रोतको भनाइ छ ।
उनले लामो समय सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवका रुपमा काम गरेका थिए ।
२०५० सालमा निजामती सेवा प्रवेश गरेका उनले ३१ वर्षको कार्यकाल सकाएर आइतबार बिदा हुँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4