
Photo Credit : शिवु खनाल ।
१४ साउन, दाङ । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर घर भई हाल दाङको घोराही बस्ने पोक्सरबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार पोक्सर घोराहीमा फर्निचरको काम गर्दै आएका थिए । मृतक सुनार रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर आउँदै गर्दा आज बिहान साढे बजेको समयमा दुर्घटनामा परेका थिए ।
अमिलिया-लमही सडकखण्डको लमही नगरपालिका -८ असानीमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4