+
+

लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले यस वर्ष ११ विधामा अवार्ड दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते २०:०५

१५ साउन, काठमाडौं। लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले यस वर्ष चौथो संस्करणमा विभिन्न वर्ग, पेशा र क्षेत्रमा रहेर समाजका लागि सकारात्मक योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।

लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले मंगलबार पत्रकार सम्‍मेलन गरेर विभिन्‍न ११ विधामा अवार्ड घोषणा गर्न लागेको जानकारी दिएको हो ।

लायन्स क्लब अफ काठमाडौंका कर्पोरेट नेपाल संस्थापक अध्यक्ष किशोर भट्टराईका अनुसार सोसियल प्लेयर अवार्ड, स्पोर्टस् म्यानेजमेन्ट अवार्ड, सोसियल कर्पोरेट हाउस अवार्ड, सोसियल कर्पोरेट लिडर अवार्ड, सोसियल सेलिब्रेटी अवार्ड, सोसियल म्यानेजमेन्ट अवार्ड, सोसियल एकाडेमिक अवार्ड, सोसियल ब्यूरोक्र्याट अवार्ड, सोसियल स्पिरिचुअल अवार्ड, सोसियल जर्नालिजम अवार्ड र कर्पोरेट सीएसआर अवार्ड रहेका छन् ।

उनले भने, ‘ यी ११ वटा विधामा वेस्ट पर्सनालिटीलाई अवार्ड प्रदान गर्नेछौं। अवार्ड पाउने व्‍यक्तित्वहरूको नाम सोही दिन घोषणा हुनेछ।’

अवार्ड साउन १९ गते शनिबार एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा हुँदैछ ।

लायन्स क्लबले समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले विगत ३ वर्षदेखि लायन्स कर्पोरेट सोसियल अवार्ड आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?