+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चलचित्र विकास बोर्डमा अध्यक्षको नियुक्ति प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १४:०५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्ति प्रक्रिया थालेको छ । बुधबार सूचना प्रकाशित गर्दै मन्त्रालयले योग्यता पुगेका नेपाली नागरिकलाई १५ दिनभित्र दरखास्त दिन भनेको छ ।

३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

कुनै विदेशी मुलुकको स्थायी आवासीय पत्र नलिएको स्वघोषणा गरेको हुनुपर्ने पनि उल्लेख छ । अध्यक्षको रुपमा भुवन केसीको कार्यकाल साउन ८ गते सकिएपछि अध्यक्ष पद रिक्त थियो ।

योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयको भनाइ रहेपनि सत्तारुढ एमाले निकटका केही चलचित्रकर्मीले राजनीतिक भेटघाटको सक्रियता बढाएका छन् । तर यसपटक राजनीतिक नियुक्ति नभएर योग्य फिल्मकर्मीलाई अध्यक्षमा नियुक्ति गरिनुपर्ने आवाज उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?