+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (19.5)
VS
१ बलमा १४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

हेटौंडा बसपार्कको होटलमा युवती मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १६:१७

१० भदौ, हेटौंडा । हेटौडा उपमहानगरपालिका-१०, बसपार्कस्थित एक होटलमा युवती मृत भेटिएकी छन् । हेटौडा-११ थानाभर्‍याङकी एलिसा न्यौपाने होटलमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार न्यापानेका होटलको कोठा नम्बर २०५ मा सोमबार बिहान ११ बजे मृत फेला परेकी हुन् । शवलाई हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

आइतबार बिहान अबेरसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनी हिजो अपरान्ह ५ बजे एक युवकसँग होटलमा आएको र ती युवक राति करिब ९ बजे होटलबाट बाहिरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?