+

मेडिसिटी अस्पतालमा खुल्यो वात्सल्यको नयाँ क्लिनिक (भिडियो)

२०८१ भदौ  १० गते १८:१९ २०८१ भदौ १० गते १८:१९
मेडिसिटी अस्पतालमा खुल्यो वात्सल्यको नयाँ क्लिनिक (भिडियो)

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले ललितपुरस्थित नेपाल मेडिसिटीसँगको सहकार्यमा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ । वात्सल्यले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर मेडिसिटी अस्पताल परिसरभित्र क्लिनिक सुरु गरेको हो ।

सोमबार आयोजित समारोहमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले क्लिनिकको उद्घाटन गरे । उद्घाटनपछि बोल्दै डा. महतोले बच्चाको चाहना भएर पनि प्राकृतिक रुपमा बच्चा प्राप्त गर्न नसक्ने दम्पतीका लागि वात्सल्यको सेवाले सहजता प्रदान गर्ने बताए ।

‘बच्चा नहुनुको पीडा ती दम्पतीलाई मात्र थाहा हुन्छ । वात्सल्यले सन्तान नहुनेका लागि ठूलो सेवामुखी काम गरिरहेको भन्दै यो कार्यमा आफू पनि जोडिन पाउँदा खुसी लागेको छ,’ उनले भने ।

उद्घाटन कार्यक्रममा वात्सल्यको ब्रान्ड एम्बेसडरका रुपमा २०२४ का मिस नेपाल विजेताहरू आस्माकुमारी केसी, सुमना केसी र करुणा रावत पनि उपस्थित थिए ।

वात्सल्यको रिब्रेडिङले नयाँ लोगो, नयाँ ब्रान्ड रङहरू र नयाँ विषयवस्तु सहित नयाँ नारा (स्लोगन) ‘नयाँ आशा, नयाँ जीवन’लाई सार्वजनिक गरेको छ । विगत आठ वर्षदेखि करिब पाँच हजार जोडीलाई सन्तान प्राप्तिको मुख दिएको वात्सल्यले जनाएको छ ।

यस नयाँ पहिचानसँगै  वात्सल्यले इच्छुक दम्पतीमाझ अभिभावकत्वको आशा पुन: जगाउँदै उनीहरूलाई एक नयाँ प्रेरणा र नयाँ जीवन दिने आफ्नो प्रतिबद्धता दर्शाएको छ ।

‘हाम्रो धारणा भनेको प्रत्येक इच्छुक परिवारले सन्तान प्राप्तिको सुख अनुभव गर्न पाउन् भन्ने हो ।  हाम्रो रिब्रेडिङ नयाँ पहिचान मात्र हैन, यसले हाम्रो प्रगतिशील प्रविधिसँगै जोडीहरूको प्रजनन् यात्रामा सहानुभूतिपूर्ण समर्थन गर्नप्रति हाम्रो प्रतिवद्धतालाई पनि थप प्रस्ट पार्छ,’ वात्सल्य नेचुरल आईभीएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने ।

वात्सल्य समूहले काठमाडौंको नक्साल, ललितपुर, भक्तपुर, नेपालगञ्ज, चितवन र बुटवलमा सेवा प्रदान गर्दै आएको छ । पोखरा र विराटनगरमा चाँडै नयाँ क्लिनिक खोल्ने तयारी भइरहेको वात्सल्यले जनाएको छ छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

   

मेडिसिटी अस्पताल वात्सल्य नेचुरल आईभीएफ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट