+

महिनावारीबारे भ्रम कतिपय

२०८१ भदौ  १३ गते १२:१४ २०८१ भदौ १३ गते १२:१४
Shares
महिनावारीबारे भ्रम कतिपय

‘तरकारीको बोट नछोऊ, कुहिन्छ’,  ‘मन्दिरमा जान हुँदैन, पाप लाग्छ’, ‘महिनावारीमा बग्ने रगत अशुद्ध  हुन्छ’, यस्ता महिनावारी हुँदा फैलाइएका कतिपय मनगढन्ते भ्रम समाजमा व्याप्त छन् ।

यस्तो भ्रम फैलिनुको पछाडि महिनावारी सम्बन्धी नबुझ्नु र नबुझाउनु हो । यसबारे सही सन्देश स्कुलको पाठ्यक्रममा नहुँदा र परिवारमा खुलेर नगर्दा भ्रमले जरा गढेको देखिन्छ ।

केही भ्रम र सत्यता

भ्रम : महिनावारीमा अमिलो खानेकुरा खान हुँदैन

– महिनावारी भएका बेला अमिलो खान हुँदैन भन्ने कुरामा कुनै सत्यता छैन । अमिलो खानेकुरा जस्तै, कागती र लप्सी जस्ता खानेकुरामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । तर यसो भन्दैमा अमिलो धेरै खानुपर्छ. भनिएको होइन । सीमित मात्रामा खाएको राम्रो हुन्छ ।

भ्रम : यो समयमा दौडिनु तथा धेरै व्यायाम गर्नु हुँदैन

– महिनावारीको समयमा दौडिन, खेल्न, नाच्न र व्यायाम गर्न नहुने बताइन्छ । किनकि ज्यादा भागदौडले रगत बढी जान्छ । यो सोच बिल्कुल गलत हो ।

यस्तोमा कहिलेकाहीं अत्यधिक आरामका कारण शरीरमा रक्तसञ्चार राम्ररी हुन सक्दैन र दुखाइ पनि बढी हुन्छ ।

खेल्दा र व्यायाम गर्दा रगत र अक्सिजनको प्रवाह सुचारु रूपमा जारी रहन्छ, जसले पेट दुख्ने वा पेट दुख्ने जस्ता समस्याबाट जोगाउँछ ।

भ्रम : महिनावारीको समयमा निस्कने रगत अशुद्ध हुन्छ

– आज पनि बुढापाकाले महिनावारीको समयमा निस्कने अशुद्ध हुन्छ । जसकारण भान्छा वा मन्दिरमा र बोटबिरुवामा छुनु पाप हो भन्नेमा दृढ विश्वास गर्छन् । तर पटक्कै त्यस्तो होइन । यो भ्रम तोड्न जरुरी छ महिनावारी रगत न त अशुद्ध हो न त यसले शरीरबाट कुनै किसिमको विषाक्त पदार्थ निकाल्छ ।

यो हरेक महिनामा महिनावारी हुँदा सन्तान उत्पादनका लागि सक्षम छ भन्ने प्रमाण र जरुरी प्रक्रिया हो । यतिखेर पाठेघरले गर्भवतीको लागि तयार हुने तह बनाउँछ । गर्भवती नभएको खण्डमा हर्मोनले बनाएको पाठेघरको तह भत्किएर योनीमार्ग हुँदै रगतको रुपमा बाहिर निस्किन्छ ।

भ्रम : महिनावारी हुँदा यौनसम्पर्क गर्नुहुँदैन ।

– यो पनि भ्रम हो । महिनावारी हु्ँदा यौनसम्बन्ध कायम राख्दा रगत बढी श्राव हुन्छ भन्ने कुरामा पनि कुनै सत्यता छैन । यो अवस्थामा महिलालाई कुनै दुखाइ वा समस्या छैन भने यौनसम्पर्क गर्न मिल्छ । तर सुरक्षित साधनको भने प्रयोग गर्नुपर्छ ।

भ्रम : महिनावारीमा प्रयोग हुने ‘महिनावारी कप’ को प्रयोगले कुमारीत्व भंग हुन्छ ।

– महिनावारी कपको प्रगोग गर्नेमा कुमारीत्व (भर्जिनिटी) तोडिन्छ भन्ने कुरामा दोमन हुनै पर्दैन । यसको प्रयोग हरेक उमेर समूहका लागि सुरक्षित छ । यो साधन अत्यन्त मुलायम हुने भएकाले छालमा कुनै किसिमको हानि नगर्नुका साथै प्रयोग गर्न सहज पनि छ । महिनावारी कप र कुमारीत्व (भर्जिनिटी) बीच कुनै सम्बन्ध छैन ।

भ्रम : महिनावारीमा प्रयोग हुने प्याड वा पेन्टी अरुले देखे बिगार पार्न सक्छन् ।

– ग्रामीण भेगमा अझै पनि किशोरीलाई महिनावारीमा प्रयोग हुने प्याड वा पेन्टीमा नराम्रो नजर परे बिगार लगाउने हुँदा लुकाएर गाड्न वा फाल्न पर्ने बताइन्छ । बिगार अर्थात् त्यसमा हुने रगतको दागको गलत प्रयोग गरी पाठेघरको अवस्था खराब पार्ने अन्धविश्वास हो ।

तर प्याडलाई सुरक्षित तरिकाले भने व्यवस्थापन गर्नुपर्छ । जथाभावी फाल्दा वातावरण भने पक्कै प्रदूषित हुनसक्छ ।

भ्रम : महिनावारीको दुखासामान्य हो ।

– महिनावारीमा पेट, कम्मर दुख्नु सामान्य हो । तर त्यो दुखाइको अनुभव अत्यधिक हुन्छ र लगातार रहन्छ भने असामान्य अवस्थाको कारणले पनि हुनसक्छ । इन्डोमेट्रियोसिस र फाइब्रोइडको समस्या हुँदा गम्भीर दुखाइ हुनसक्छ । त्यसैले असामान्य लक्षण देखिए चिकित्सकलाई तुरुन्त देखाई उपचार प्रक्रिया अघि बढाइहाल्नुपर्छ ।

भ्रम : महिनावारी भएको समयमा  गर्भवती हुनु असम्भव हो ।

– यो पनि अर्को भ्रम हो । यो समयमा गर्भवती हुने सम्भावना न्यून हुन्छ । तर असम्भव भन्न सकिंदैन । किनकि पुरुषको वीर्य केही दिनसम्म महिलाको प्रजनन् अंगमा जीवित नै बस्न सक्छ ।

यदि महिनावारीको चक्र छोटो छ वा अनियमित महिनावारी भएमा महिनावारी सकिएपछि छिट्टै डिम्ब उत्पादन हुन्छ । जसकारण गर्भ रहने सम्भावना हुनसक्छ ।

डा. कीर्तिपाल सुवेदी महिनावारी स्त्रीरोग
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

पटक–पटक जाँघ चिलाउँछ, किन ?

पटक–पटक जाँघ चिलाउँछ, किन ?