 
																			१४ असोज, काठमाडौं। नेपाली कांग्रेसले भ्रातृ र शुभेच्छुक संस्थासँग बाढी पीडितलाई राहत, उद्धार र पुर्ननिर्माणमा परिचालन हुन लागि छलफल सुरू गरेको छ ।
महामन्त्री गगन थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा जारी बैठकमा सहमहामन्त्री सहभागी छन् । साथै भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी छलफलमा सहभागी भएको जानकारी गराइएको छ ।
छलफलमा नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, ट्रेड युनियन कांग्रेस, लोकतान्त्रि खेलकुद महासंघ, किसान महासंघ, आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक चिकित्सक संघ, लोकतान्त्रिक इन्जिनियर एसोसिएसन, इन्जिनियर्स एसोसिएसन लगायतका पदाधिकारी सहभागी छन् ।
छलफलका लागि भूगर्वविद र विपत् व्यवस्थापन विज्ञलाई पनि बोलाइएको छ। कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले भ्रातृ र शुभेच्छुक संस्थालाई उद्धार, राहत र पुर्ननिर्माणमा खटिन निर्देशन दिएको थियो ।
बाढी पीडितलाई राहत र उद्धारमा पार्टी परिचालन हुने भएकाले सय दिने विशेष अभियान रोकिएको छ। पीडितका लागि राहत उपलब्ध गराउन कांग्रेसले ५० लाख सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4