+

दशैंलगत्तै किन अस्पतालमा कोलेस्टेरोलको बिरामी बढ्छ ?

२०८१ असोज  २९ गते १४:४० २०८१ असोज २९ गते १४:४०
दशैंलगत्तै किन अस्पतालमा कोलेस्टेरोलको बिरामी बढ्छ ?

दशैंलाई हामीले खाने र पिउने चाड भनेर बुझेका छौं । त्यही भएर यसबेला मनलाग्दी खाइन्छ । माछामासु, मदिरा त दशैंमा अनिवार्य जस्तै छ । अरुबेला नपिउनेले पनि ‘चाडपर्व त हो नि’ भनेर पिउने गर्छन् । पियक्कडलाई त अझ राम्रो बहाना नै भयो । उनीहरु बिहानदेखि मध्यरातसम्म बसेर पिउँछन् ।

त्यसमाथि सितन पनि चाहियो । तारेको, भुटेको, मसलेदार, पिरो, अमिलो मासु । दालमोठ, चिप्स । अधिकांशको बानी के हुन्छ भने रक्सी पिएपछि चुरोटको सर्को लिने ।

यस्ता खानाले तुरुन्त त असर नदेखिन सक्छ । तर, जाडो याम सुरु भएसँगै अस्पतालमा बिरामीको चाप बढ्न थाल्छ । उनीहरुमध्ये अधिकांशमा कोलेस्टेरोलको समस्या देखिन्छ । आखिर किन उनीहरुमा खराब कोलेस्टेरोल बढ्यो ? यसको पछाडि उही दशैंको अनियन्त्रित खानपान एउटा कारण हुनेगर्छ ।

कोलेस्टेरोल बढेर के हुन्छ ? यो किन बढ्छ ? यसलाई सामान्य भाषामा बुझौं ।

कोलेस्टेरोल भनेको हाम्रो शरीरमा हुने चिल्लो पदार्थको तह हो । रगतको नलीहरूमा राम्ररी रक्त प्रवाह गर्न र शरीरको कोषको बनोटमा कोलेस्टेरोलको आवश्यक्ता हुन्छ । तर, रगतमा कोलेस्ट्रोलको मात्रा चाहिने भन्दा बढी भयो भने रक्तनली, कलेजो र मुटुमा जम्मा हुन्छ ।

रगत नलीमा जम्मा भएर रगतको नली साँघुरिन्छ । यही कारण रक्त प्रवाह राम्ररी हुँदैन । यसले के गर्छ भने, पक्षघात, हृदयाघात र मुटु रोगको जोखिम बढ्न सक्छ ।

यस्तो समस्या धेरैजसो मुटुका समस्या भएकाहरु, उच्च रक्तचाप भएकाहरुमा देखिन्छ । तर, अरुमा पनि नदेखिने भन्ने होइन ।

कोलेस्टेरोल यस्तो समस्या हो, जसको पूर्व संकेत केहीपनि मिल्दैन । यसले अचानक समस्यामा पार्छ । यसको सामान्य लक्षण कसै कसैमा देखिन सक्छ । जस्तो आँखा आसपासमा सेतो दाग देखिनु, घाँटीको पछाडि कालो दाग देखिनु । यद्यपि धेरैजसो अवस्थामा परीक्षण नगरी यो समस्या खासै पत्ता लाग्दैन ।

जब समस्या बढ्छ त्यसलाई सम्हाल्न कठिन हुन्छ । त्यसैले यस्तो समस्या आउनुअघि नै रोकथामको उपाय खोज्नु उपयुक्त हुन्छ ।

अब के गर्ने त ?

समस्या आउनु भन्दा अगाडि नै सर्तक रहनु र आवश्यक सावधानी अपनाउनुपर्छ । यसका लागि केही सर्त पालना गर्नुपर्छ ।

– रातो मासुको सेवन कम गर्ने । रातो मासुको विकल्पमा सेतो मासु, माछाको सेवन गर्न सकिन्छ ।

– घिउ, नौनी, चीज एवं पशुजन्य बोसो धेरै नखाने ।

– कोलेस्टेरोल भित्र ट्राईग्लिसिराईड हुन्छ । कार्बोहाइड्रेटले ट्राईग्लिसिराईडको मात्रा बढाउने हुँदा त्यस्ता खानेकुरा सकभर कम खाने ।

–  गुलियो परिकारमा कार्बोहाइड्रेटको मात्रा बढी हुने भएकोले त्यस्ता खानेकुरा सकेसम्म कम खाने ।

–मुटु रोग तथा कोलेस्ट्रोल लेभल उच्च हुनेको हकमा त्यस सम्बन्धी औषधि नियमित रुपमा खाने ।

–मासुको तुलनामा फलफूल, हरिया सागसब्जी अधिक मात्रामा सेवन गर्ने ।

–बोसो तथा छालायुक्त मासुको सेवन कम मात्रामा गर्ने ।

–पुरा निद्रा सुत्ने ।

–जाँड, रक्सीको सेवन नगर्ने । गर्ने नै भए पनि एकदमै कम मात्रामा सेवन गर्ने ।

–रेसादार तथा फाइबरयुक्त खानेकुरा अधिक मात्रामा सेवन गर्ने ।

–खानपानसँगै व्यायाममा पनि ध्यान दिनुपर्छ । कम्तीमा हप्ताको पाँच दिन  ३० देखी ४५ मिनेट फटाफट हिँड्नुपर्छ ।

मेडिकल इमर्जेन्सीको अवस्था

जथाभावी रक्सी र मासु खाँदा कोलेस्टेरोल त बढ्ने नै भयो । त्यसबाहेक घाँटीमा हड्डी अड्किएर अस्पताल आउनेहरु पनि धेरै हुन्छन् । रक्सी खाएको बेला मान्छे सचेत र सर्तक हुँदैनन् । त्यसबेला उनीहरुले मासुसँगै हड्डी खाँदा घाँटीमा अड्किएको घटना धेरै देखिन्छ । यो भनेको मेडिकल इमर्जेन्सी हो । यस्तो स्थितीमा तत्काल उपचार गरिएन भने ज्यानै जान सक्छ ।

यसैगरी मुटुको समस्या भएका, उच्च रक्तचाप भएका, जसले रगत पातलो बनाउने औषधि खाइरहेका हुन्छन्, उनीहरु पनि अनियन्त्रित खानाले जोखिममा पर्न सक्छन् ।

कोलेस्टेरोल

धेरै कमेन्ट गरिएका

डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

शरीरलाई नभई हुन्न नुन, तर कति ?

शरीरलाई नभई हुन्न नुन, तर कति ?

शौचालयमा हुनसक्छ मस्तिष्कघात, कस्तो अवस्थामा बाँच्न सम्भव ? (भिडियो)

शौचालयमा हुनसक्छ मस्तिष्कघात, कस्तो अवस्थामा बाँच्न सम्भव ? (भिडियो)