+

एएफसी यू-१७ एसियन कप छनोट : जापानसँग नेपाल ९-२ ले पराजित

२०८१ कात्तिक  ८ गते ८:५६ २०८१ कात्तिक ८ गते ८:५६
एएफसी यू-१७ एसियन कप छनोट : जापानसँग नेपाल ९-२ ले पराजित

८ कात्तिक, काठमाडौं । एएफसीको यू-१७ एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९-२ को पराकिलो अन्तरले पराजित भएको छ ।

समूह एफ अन्तर्गत कतारको दोहजस्थित एस्पाइर एकेडेमी पिचमा बुधबार राट्टी भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । तर, जापानले पुनरागमन गर्दै गोलको वर्षा गर्‍यो ।

नेपालका लागि सबिन कुमारले १२औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तरऽ जापानका लागि १७औं मिनेटमा दाइची तानीले बराबरी गोल फर्काए । दाइचीले ३८औं र ४३औं मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरे । यस्तै हिरोतो असादाले १९औं र पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरे ।

दाइचीले ६१औं मिनेटमा व्यक्तिगत चौथो गोल गरे । असदाले पनि ६४औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

मिबुकी कासाईले ७३औं र काइजी चवनानले ७७औं मिनेटमा गोल थपे । नेपालका लागि विज्ञान खड्काले खेल सकिन दुई मिनेट अघि गोल फर्काएका थिए ।

समूह एफकै अर्को खेलमा कतारले मंगोलियालाई २-० ले हरायो ।

अब नेपालले आफ्नो दोस्रो खेल शुक्रबार घरेलु टोली कतारसँग खेल्नेछ ।

एएफसी यु-१७ जापान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय