७ कात्तिक, जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्भान आयोगको कार्यालय हेटौडाको टोलिले उनलाई बिहीबार ७८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
एक योजनाको बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग लिइरहेको ७८ हजार घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
निमित्त प्रशासकीय अधिकृत साह सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका ४ वडा कार्यालय नजिक बाटोबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4