+

सन्तोषी र सन्तोषलाई माल्दिभ्स रोड रेसको उपाधि

२०८१ कात्तिक  ११ गते १२:०१ २०८१ कात्तिक ११ गते १२:०१
सन्तोषी र सन्तोषलाई माल्दिभ्स रोड रेसको उपाधि

११ कात्तिक । माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि नेपाली खेलाडीहरुले जितेका छन् ।

मालदिभ्सको हुलहुमालेमा भएको १५ औं धिरागु माल्दिभ्स रोड रेसमा नेपालका गोल्डेन गर्लको उपनामले चिनिने धाविका सन्तोषी श्रेष्ठ र धावक सन्तोष विक्रम विष्टले दुई–दुई वटा स्वर्ण पदक जितेका हुन् ।

माल्दिभ्सको एथलेटिक क्लब आइल्याण्ड रनर्स माल्दिभ्सको तर्फबाट व्यवसायिक खेल खेल्दै शुक्रबार बिहान र बेलुकी भएका दुई खेलमा सन्तोषी र सन्तोषले मुख्य विधा हाफम्याराथन र ५ किलोमिटरमा स्वर्ण हात पारेका हुन् ।

सन्तोषीले २१ किलोमिटर १ घण्टा २६ मिनेट ५७ सकेण्ड र ५ किलोमिटर १७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । पुरुषतर्फ सन्तोषले २१ र ५ किलोमिटर दौड क्रमशः १ घण्टा १४ मिनेट २६ सेकेण्ड र १५ मिनेट २८ सेकेण्डमा दूरी पार गरे ।

मुख्य विधा हाफम्याराथनमा सन्तोषीले साम्हा अहमेद र निजमीना अहमेदलाई पाछि पार्दै उपाधि जितेकी हुन् । सन्तोषले हुसेन फजिल र युसुफ इब्राहिमलाई पछि पारे ।

यससँगै दुवै नेपाली खेलाडी २५ हजार र १० हजार गरी कुल ३५ हजार माल्दिभियन रुपैयाँ (नेपाली रुपैयाँ ३ लाखभन्दा बढी) हात पारेका छन् ।

माल्दिभ्स रोड रेस सन्तोष विक्रम विष्ट सन्तोषी श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय