१३ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ६ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३.८ प्रतिशत हो । टप १० ब्रोकरमार्फत २ अर्ब १८ करोडको धितोपत्र खरिद भएको छ भने १ अर्ब ९६ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।
टप १० ब्रोकर कम्पनीमध्ये ७ मार्फत खरिद धेरै भएको छ भने ३ मार्फत बिक्री धेरै भएको छ । नासा, इम्पेरियल, भिजन, सनी, लिन्च, एबीसी र सारेप्रोमार्फत खरिद धेरै भएको छ । त्यस्तै अनलाइन, डायनामिक र आर्यतारामार्फत बिक्री धेरै भएको छ ।
टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा समृद्धि फाइनान्स, पिपुल्स हाइड्रोपावर, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स, साहस ऊर्जा, हिमालयन रिइन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स लगायत रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4