१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियन्सिप अन्तर्गत आज हुन लागेको नेपाल र बंगालदेशबीचको फाइनल खेल पोखरामा पनि प्रत्यक्ष देखाइने भएको छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले फाइनल खेल पृथ्वीचोकमा रहेको डिजिटल बोर्डबाट देखाउने तयारी रहेको जानकारी दिएका हुन् ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल आज बेलुकी साढे छ बजेदेखि दशरथ रंगशालामा हुँदैछ । नेपाल र बंगलादेश साफ प्रतियोगितामा दोस्रोपटक फाइनलमा भिड्न लागेका हुन् । यसअघि सन् २०२२ मा भएको फाइनल खेलमा बंगालदेशले नेपाललाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।
प्रतिक्रिया 4