+

चीनमा चम्किँदै सुनमाया, जितिन् अर्को दौडको उपाधि

२०८१ कात्तिक  १७ गते २०:२२ २०८१ कात्तिक १७ गते २०:२२
चीनमा चम्किँदै सुनमाया, जितिन् अर्को दौडको उपाधि

१७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन् ।

सुनमायाले शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो रेस टिसाइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चिनियाँ धावक दोस्रो र तेस्रो भए ।

दुई सातामा सुनमायाले चीनमा जितेको यो दोस्रो रेस हो । यसअघि उनले कात्तिक पहिलो साता भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् ।

यस्तै सुनमाले चीनमा जितेको यो तेस्रो उपाधि हो । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् ।

पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइरहेकी छन् । चीनबाहेक उनले युरोपका विभिन्न राष्ट्रमा गएर पनि ट्रेल रेसमा दौडिएकी छन् । अधिकांक रेसमा सुनमायाले शीर्ष तीनमा आउन सफल भएकी छन् ।

कर्णाली प्रदेशको जुम्ला पातरासी गाउँपालिका २ पेरे गाउँकी सुनमायाले अहिले आफ्नो क्षेत्र मात्र नभई देशलाई नै विश्वमाझ चिनाइरहेकी छन् ।

सुरुमा स्कुलमा हुने विभिन्न दौड प्रतियोगितामा भाग लिने सुनमायाले सन् २०१५ मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दौडमा दोस्रो भएपछि यसलाई निरन्तरता दिइन् ।

सन् २०१६ मा भएको मनास्लु माउन्टेन ट्रेल रेसमा दोस्रो भएपछि उनको अन्तर्राष्ट्रिय दौड यात्रान पनि सुरु भयो । त्यसपछि भने सुनमायाले विश्वका विभिन्न देशमा गएर दौडिसकेकी छन् भने धेरै पदक समेत जितेकी छन् ।

हङकङ, स्वीट्जरल्याण्ड, चीन, फ्रान्स, इटली, अस्ट्रेलिया, स्पेन लगायत देशमा गएर दौड प्रतियोगितामा भाग लिइसकेकी उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धेरै रेसको उपाधि जितिसकेकी छन् ।

उनले सन् २०२१ मा थाइल्याण्डमा भएको ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ ११० किलोमिटर दूरी १४ घन्टा ५४ मिनेट १ सेकेण्डमा पूरा गर्दै कीर्तिमान नै बनाएकी थिइन् ।

त्यसपछि भने उनको अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढ्न थाल्यो । त्यसपछि उनले फ्रान्समा भएको युटिएमबी सीसीसीमा दोस्रो हुँदै थप चर्चा पाइन् । त्यसयता सुनमायाले एसिया र युरोपमा विभिन्न रेसहरुमा भाग लिइसकेकी छन् ।

अल्ट्रा ट्रेल रेस ट्रेल रेस सुनमाया बुढा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय