+

अमेरिकाले नेपाललाई दियो २८२ रनको लक्ष्य

२०८१ कात्तिक  १८ गते १:०६ २०८१ कात्तिक १८ गते १:०६
अमेरिकाले नेपाललाई दियो २८२ रनको लक्ष्य

१७ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत खेलमा अमेरिकालाे नेपाललाई जितका लागि २८२ रनको लक्ष्य दिएको छ ।

डालास्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएको हो ।

अमेरिका लागि तीन खेलाडीले अर्धशतक बनाए । जसमा साइतेजा मुक्कामाले सर्वाधिक ७५ रन बनाए । उनले ८७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान मोनाक पटेलले ६७ तथा हर्मित सिंहले ५९ रन योगदान गरे । आरोन जोन्सले २६ रन बनाए ।

बलिङमा नेपालका लागि गुल्सन झा ले सर्वाधिक ३ विकेछ लिए । तर १० ओभर बलिङ गर्दा उनले ८७ रन खर्चिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान २ विकेट लिए । १० ओभर बलिङ गर्दा सन्दीपले ४८ र सोमपालले ५० रन खर्चिए ।  कुशल भुर्तेलले १ विकेट लिए ।

लिग टु क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय